back
CTIZAN AD

कृषिवाट सम्बृद्धि बन्न सक्छ रुपा गाउँपालिका 

वि.सं.२०८१ फागुन १२ सोमवार

3.4K 

shares

  परिचय

गण्डकी प्रदेश कास्की जिल्लामा रहेको रुपा गाउँपालिकामा ७ वटा वडा छन । गाउँपालिकाको  केन्द्र भीरचोक (रुपाकोट) मा रहेको छ।घरधुरि ३६६३ छन भने क्षेत्रफल ९५.७७ (वर्ग कि.मी) रहेको छ जसमा २६५६ घर धुरी कृषि पेसामा आबद्ध रहेका छन् (राष्ट्रिय कृषि गणना, २०७८ अनुसार)। रुपा गाउँपालिकामा जम्मा जागा कित्ता संख्या ८४३२ रहेकोमा ८३५.७ हेक्टर  जमिन मात्र सिंचित रहेको छ भने वन पोखरी लगायत क्षेत्र ३५७.५७ हेक्टर रहेको छ ।यस पालिकाको कुल जनसख्या पुरुष ७११३ जना महिला ७७७८ गरि कुल जनसख्या १४८११ रहेको छ । समुन्द्री सतहबाट ३८० मिटर देखि १४२२ मिटरको उचाई रहेको छ ।

रुपा गाउँपालिका नेपालको गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित गाँउपालिका हो ।यस गाउँपालिकामा वराह मन्दिर, चिसापानी मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने वराहथोक कोट, भिरचोक कोट, चिसापानी, मोहोरिया, थुम्की, देउराली, हंसपुर, रूपा ताल आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन् । रुपाकोट काल भैरब र चिसापानीदेवी यहाँका प्रमुख तिर्थ स्थल हुन् । यहाँ विभिन्न जातजातिको बसोबास रहेको छ। ब्राह्मण, क्षत्री, गुरुङ, मगर, मियॉं, कुमाल,बोटे, नेवार, दमै, कामी, सार्की, आदी यहाँका मुख्य बासिन्दा हुन् । रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तरगत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली, सिद्ध गा।वि।सहरुका सबै र हंसपुर गा।वि।सका अधिकांस भूभागसमेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित, क्षेत्रफल तथा जनसंख्याका हिसावले सानो, भुवनोटका दृष्टीले पहाड, फाट, एवम् टारहरु भएको, विविधतामा एकता कायम रहेको ,प्राकृतिक हिसावले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउँपालिका हो । यसको सर्वाङगिण विकासका लागि स्थानीय सरकारले हरतरहले प्रयास तथा प्रयत्न गरिरहेको छ ।

भौगोलिक अवस्था

रुपा गाउँपालिका, उत्तरमा कास्की जिल्लाको मादि गाउँपालिका, पश्चिममा पोखरा महानगरपालिका, दक्षिणमा तनहु जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको विचमा अवस्थित छ । जम्मा क्षेत्रफल ९४ दशमलव ८१ वर्ग कि.मि. भएको यस गाउँपालिकामा अधिकांश भूभाग वन र पाखाहरु छन् भने केही फाँट र टारको रूपमा रहेका छन् ।

समुद्री सतहबाट ३८० मिटरदेखि १४२२ को उचाइमा २८०८ ‘२६.०६” देखि २८०११ ‘४१.३०” उत्तरी अक्षांश तथा ८४ “०६ ‘४२.५५” देखि ८४०१३ ५० देखी “५५.५० पूर्वी देशान्तरमा अवस्थित यस गाउँपालिका उत्तरमा कास्की जिल्लाको मादी गाउँपालिका, पश्चिममा कास्की जिल्लाको पोखरा महानगरपालिका, दक्षिणमा तनहुँ जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका रहेको छ। जम्मा क्षेत्रफल ९४ दशमलव ८१ वर्ग कि.मि. भएको यस गाउँपालिकामा तराई देखि पहाडी क्षेत्रमा पाइने हावापानी पाइन्छ। विगतमा केही दुर्गम बस्तीहरू रहेको भए पनि हाल धेरैजसो ठाउँमा यातायात सुविधा विस्तारका कारण सुगम बन्दै गइरहेको छ। गाउँपालिका क्षेत्रफलका हिसाबले सानो मानिए पनि बिन्दुमा सिन्धु अटाएजस्तै हावापानी, प्राकृतिक सम्पदा, स्वस्थ पर्यावरण, वनजङ्गल, खेतीपाती, पशुपक्षी पालन, मत्स्य व्यवसाय आदिका हिसाबले उर्वर र सम्पन्न छ। अधिकांश भूभाग मध्य पहाड, फाँट र टारले ढाकेको छ भने केही भूभाग वन क्षेत्र रहेको छ ।

आर्थिक अवस्था

यस गाउँपालिकाको आन्तरिक आयस्रोत ज्यादै कम रहनुका साथै यहाँका वासिन्दाहरूको आय श्रोत दरिलो तथा नियमित नहुँदा, आर्थिक अवस्था सामान्य रहेकोले गाउँपालिकाले विभिन्न पेशा, व्यवसाय र उद्योगको स्थापना तथा सञ्चालनका लागि प्रोत्साहन स्वरुप विभिन्न अनुदान , तालिम जस्ता सृजनात्मक कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको छ आफनो आन्तरिक आम्दानी बृद्धिका लागि सरोकारवालाहरूको संलग्नतामा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

क्षेत्रगत विवरण

क्र.स. विवरण क्षेत्रफल बर्ग कि.मी प्रतिशत
बन जगल क्षेत्र ५४.१२ ५७.०९
बुट्टयान १.१३ १.१९
चरण क्षेत्र ०.५९ ०.६२
कृषि क्षेत्र ३६.८५ ३८.८७
पानि १.०७ १.१२
अन्य १.१५ १.२१
जम्मा ९४.८१ १००

पर्यटकीय स्थल

पर्यटकीय हिसावले सुन्दर यस गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटकको मन तान्न सफल धेरै स्थलहरु छन् जस्तैस् रुपाताल, हात्तीमैता भ्यू टावर, चिसापानी, माझकोट, स्याक्लुङ्गकोट, इन्द्रगुफा, देउराली, हिलटप आदि ।

खानेपानी

यस गाउँपालिकामा मानव बस्ती अधिकांस डाडाँमा भएकोले पिउने तथा अन्य प्रयोजनका लागि पानीको अत्यन्त अभाव भएकोले यस समस्याको निराकरणका लागि गाउँपालिकाले एक घर एक धाराको रणनीति अवलम्वन गरी विभिन्न प्रणालीहरु मार्फत धेरै गाउँहरूमा पानीको व्यवस्था गरिसकेको छ र बाँकी गाउँमा समेत पुर्याउनका लागि गाउँपालिकावाट ५४, केन्द्र र प्रदेशवाट ११ र अन्य विभिन्न सङ्घ संस्थाहरुवाट ३ वटा खानेपानीका योजनाहरु सञ्चालन गरी रहेको छ ।

सिचाइ

यस गाउँपालिकाको अधिकांस भागमा सिचाइको अभाव छ । यहाँका केही भागमा मात्र वर्षायाममा स्थानीय खोलाहरुवाट सिचाइको व्यवस्था मिलाइएको छ भने । अधिकांश ठाउमा स्थानीय मुल र आकासे पानीको भर पर्नुपर्ने अवस्था छ । सिचाइको व्यवस्था मिलाउन गाउँपालिकाले पुराना नहर तथा कुलाहरूको मर्मत संभार र सम्भाव्यता अध्ययन गरी नया कुलाको निर्माणको नीति अवलम्वन गरिरहेको छ ।यहाँको ८३५।५७ हेक्टर जमिन सिंचित रहेको छ ।

पेशा

यस गाउँपालिकामा वसोवास गर्ने अधिकांस मानिसहरूको पेशा कृषि रहेको छ ।यहाँका २६५६ घर धुरी परिवार कृषि पेसा आबद्ध रहेका छन् । यस बाहेक थोरै संख्यामा स्वदेशी जागिर तथा बैदेशिक रोजगारीमा संलग्न भएको अवस्था छ भने उद्योग व्यापार आदिको संख्या न्युन रहेको छ ।

धर्म

यस गाउँपालिकामा विभिन्न जातजातिको वसोवास भए जस्तै, मान्दै आएका धर्ममा पनि विविधता रहेको छ । यहाँ मानिने धर्महरूमा विशेष गरी हिन्दु, बौद्ध, मुस्लिम आदि रहेका छन् ।

जनसंख्या

यस गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या जम्मा १४८९१ रहेको छ जसमा महिला ७७७८ र पुरुष ७११३ रहेको देखिन्छ ।

सामाजिक अवस्था

यस गाउँपालिकामा विभिन्न जातजातिको वसोवास रहेको छ । जसमा ब्राहमण, क्षेत्री, गुरुङ, नेवार, मगर, मुशलमान, कामी, दमाइ, कुमाल, सार्की, भुजेल, वोटे, ठकुरी, आदि रहेका छन् यस गाउँपालिकाका वासिन्दाहरूले विभिन्न धर्म परम्परा संकृति चाडपर्व मनाउदै आएका छन् । विभिन्न जातजाति, धर्म, परम्परा, चाडवाड, संकृतिमा अनेकतामा एकता रुपा गाउँपालिकाको सामाजिक विशेषता हो । गाउँपालिकाले विभिन्न जात, धर्म, परम्परा, संस्कृति आदि प्रति मित्रता सद्भभाव समन्वय कायम राख्न तथा विभिन्न संकृतिको संरक्षण र सम्वर्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

शैक्षिक अवस्था

यस गाउँपालिकामा हाल सामुदायिक ३२ र संथागत ३ गरी जम्मा ३५ वटा विद्यालयहरु सञ्चालन भइरहेका छन् । यस पालिकाका विद्यालय उमेर समुहका कुनै पनि वालवालिका विद्यालय बाहिर रहेको देखिदैन । गाउँपालिकाले शिक्षा नै विकासको मुल आधार हो मान्यताका साथ गुणस्तरीय वालमैत्री एवं व्यवसायिक सुनिश्चितता प्रदान गर्न शिक्षकको मनोवल वृद्धि गर्ने, शिक्षक एवं कर्मचारीको नियमिततामा पारदर्शता ल्याउने पालिका स्तरीय शैक्षिक क्यालेन्डर निर्माण एवं कार्यान्वयन गर्ने शैक्षिक विकासका लागि विभिन्न संघसंस्था र दाताको खोजि गर्ने अंग्रेजी माध्यम र पाठ्यपुस्तक लागु गर्ने सरोकारवालाहरूको संलग्नतामा शैक्षिक योजना निर्माण र कार्यान्वयन गर्ने जनप्रतिनिधि र कर्मचारीवाट नियमित निरीक्षण र अनुगमन गर्ने गाउँपालिकालाई आधारभुत शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गर्ने आदि महत्त्वपूर्ण कामहरु गर्दै आइरहेको छ ।

स्वास्थ्य

यस गाउँपालिकामा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५ वटा स्वास्थ्य चौकी २ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालित छन् । ५ वटै स्वास्थ्य चौकिमा प्रयोगशाला सेवा समेत उपलव्ध छ । समुदाय स्तरमा १९ खोप केन्द्र १५ गाउँघर क्लिनिक र ७४ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुवाट समेत स्वास्थ्य सेवा उपलव्ध छ । रुपाकोट र देउराली स्वास्थ्य चौकीमा २४ सै घण्टा सुरक्षित प्रसुति सेवा प्रदान गरिएको छ । गाउँपालिका द्वारा स्वास्थ्य सेवालाइ उच्च प्रथामिकता दिदै आएको छ ।

सुचना तथा सञ्चार

सुचना र सञ्चारको क्षेत्रमा यस गाउँपालिकामा एक इलाका हुलाक र अतिरिक्त हुलाकहरु सञ्चालनमा छन् भने टेलिफोन इमेल तथा इन्टरनेटको सुविधा समेत उपलव्ध छ । गाउँपालिकाले यसको थप व्यवस्था र सुधारका लागि पहल कदमी गरिरहेको छ । भने गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न स्थानहरुमा FREE WIFI सेवा सुचारु गरिसकेको छ।

यातायात

यस गाउँपालिका अन्तरगतका सबै वडा र गाउँहरूमा कच्ची मोटरवाटो पुगीसकेको छ । खोलाको छेउ देखि थुम्कीसम्मको मोटरवाटो कालोपत्रे भइसकेको छ भने सिशुवादेखि सिसाघाट र वेगनासताल देखि भोर्लेटारसम्म कालोपत्रे हुने क्रममा रहेका छन् । यस गाउँपालिकाको सबैजसो ठाउमा तालिका वमोजिम नियमित वस सेवा उपलव्ध छ । गाउँपालिकाले आवश्यकता अनुसार नयाँ वाटो निर्माण तथा स्तर उन्नतीका लागि योजना निर्माण र कार्यान्वयन गरिरहेको छ ।

कृषि

यस रुपा गाँउपालिकाका धेरै क्षेत्रमा सिचाइको अभाव भएकाले खाद्यान्न, तरकारी, फलफूलहरूको न्युन उत्पादन हुनका साथै उत्पादन भएका तरकारीहरूले पनि उचित मूल्य पाउन सकेका छैनन् । यस गाउँपालिका भित्र व्यावसायिक कृषि तथा पशुपालनप्रति यहाँका मानिसहरु एकदम कम आकर्षित भएको पाइन्छ । साथै यस गाउँपालिका भित्र १र१ वटा मौरी पकेट क्षेत्र, कफि पकेट क्षेत्र, सुन्तला पकेट क्षेत्र भएका छन् भने यस आ.व वाट तरकारी पकेट क्षेत्र : १ मौरी पकेट क्षेत्र : १ र धान पकेट क्षेत्र : १ थप भएका छन् । हाल सम्म १० वटा पकेट स्थापना भैसकेको छ । यसै आर्थिक बर्षमा मौरीको घार २००० घार ५० प्रतिशत अनुदानमा वितरण गरि बार्षिक १२००० किलो मह उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यहाँको हावापानी उपोष्ण भएकाले यहाँ अदुवा, बेसार, पिडालु राम्रो हुन्छ । पशुपालन तर्फ कुखुरा पालन, गाईभैसी पालन र बाख्रा पालन व्यवसाय पनि हावापानीका दृष्टिले उपयुक्त छ । यहाँको तल्लो भागमा आलु, काउली, बन्दा र गोलभेडा खेती हुन्छ । यहाँका मुख्य वाली मकै र कोदो हुन ।

पशु बिकास तर्फको नीति

१) किसानहरुलाई पशु उपचारमा सहजीकरण गर्न पशु चिकित्सक मार्फत  प्राबिधिक घुम्ती सेवा प्रादान गरिने छ ।
२) पशु पालनलाई व्यावस्थित गर्न भकारो सुधार कार्यक्रम संचालन गरिने छ ।
३) उत्पादनको आधारमा कृषक तथा फर्मलाई अनुदान दिने व्यावस्था गरीनेछ ।
४) पशु स्वास्थ शिबिर संचालन गरिने छ ।
५) पशु बिमा कार्यक्रमको लागि सचेतना अभियान सुरु गरिने छ ।
६) उत्पादन लागत घटाउन घाँस खेति कार्यक्रम संचालन गरिने छ ।
७) पूर्ण खोप कार्यक्रम संचालन गरिने छ ।
८) नश्ल सुधारको लागि उन्नत साँढे तथा राँगोबाट प्राकृतिक प्रजनन तथा निशुल्क कृतिम गर्भाधान कार्यक्रम संचालन गरिने छ ।
९) कृषकको क्षमता वृद्धिको लागि तालिम , भ्रमण, गोष्ठी संचालन गरिने छ ।
१०) पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्न सक्ने जुनोटिक रोग बारेमा जनचेतना कार्यक्रम संचलान गरिने छ ।
११) पशु सेवाको विभिन्न कार्यक्रमको लागि रास्ट्रीय तथा अन्तराष्ट्रिय दात्री निकाय सम्म सहकार्यमा कार्यक्रम संचालन गरिने छ ।
१२) कृषि व्यावसायीहरुलाइ युवा स्वरोजगार कोष मार्फत सस्तो ब्याजदरमा ऋण प्रदान गरिने ।

विश्व खाद्य संगठनका अनुसार प्रतिव्यक्ति प्रति बर्ष आवश्यकता
दुध : ९१ लिटर,
मासु :१४ केजी,
अन्डा : ४५ गोटा

रुपा गाउँपालिकाको हालको उपलब्धता

दुध : ११३.७  लिटर(नेपालको औसत : ७९ लिटर/ व्यक्ति)
मासु : ४८.९  केजी,
अन्डा :७१  गोटा
यसरी दुध, अन्डा र मासुमा राष्ट्रिय मापदण्ड (नेपालको) अनुसार रुपा आत्मनिर्भर भई निर्यात समेत गर्दछ।

जम्मा दुध उत्पादन  बार्षिक १६,९३,३२३ लिटर
मासु उत्पादन (कुखुरा, बाख्रा, भैसी, बगुर) ७,२७,४७९ किलो
अण्डा उत्पादन (हास, कुखुरा) १०,६०,६९७  गोटा
उन भेडाको १५० किलो
माछा उत्पादन १,५६,७५० किलो

पशुपालनमा देखिएका सबल पक्ष :

१) ग्रामिण क्षेत्रका कृषकहरु पशुपालन उन्मुख भएको ।
२) दुधमा आत्मनिर्भर भइ निर्यात समेत गर्दै आएको ।
३) युवाहरु पशुपालनमा आकर्षित भएको ।
४) नियमित भेटेरिनरी सेवा प्रवाह भएको ।
५) कृषकको घररटोलमा गई प्राविधिक सेवा प्रवाह ।
६) मासुमा आत्मनिर्भर भइ भोर्लेटार, दमौली, पोखरा निर्यात हुदै आएको ।
७) बर्षे पिच्छे कृषकहरुले उन्नत जातका पशुपन्छी लिदैरथप्दै आएको ।
८) कृषिमा आधुनिकीकरण तथा औजारिकरण हुदै आएको ।
९) पशुपन्छीको संख्या वृद्धि हुदै आएको ।
१०) सानो पुँजीमा सानै ठाउमा पनि व्यवसाय संचालन गर्न सकिने ।
११) रोजगारका अवसरहरु सिर्जना हुने ।
१२) निशुल्क कृत्रिम गर्भाधान तथा निःशुल्क बिमा कार्यक्रम सन्चालन भएको ।

दुर्बल पक्ष :

१) कृषि फर्महरु निर्वाहमुखी मात्र हुनु तर ब्यावसायीक नहुनु,
२)पुरानै कृषि प्रणाली अपनाउनाले लागत अनुसारको उत्पादन नहुनु,
३) नयाँ प्रविधिहरु नअगाल्नु,
४) कृषकहरुलाई पशुपालन सम्बन्धि ज्ञानरसिपको कमि हुनु,
५) भौगोलिक विवीधताले गर्दा सबै ठाउमा समान रुपले भेटेरिनरी सेवा नपुग्नु,
६) पोषणयुक्त घाँसको अभाव हुनु,
७)जैविक सुरक्षा तथा क्वारेन्टाइन जस्ता कुरामा ध्यान नदिनु ।

अवसरहरु

१) ठूलो अवसरको रुपमा पालिकाले कृषक तथा फर्महरुलाइ अनुदान दिंदै आएको, यो हिसाबले व्यावसायिक फर्मले धेरै मुनाफा लिने देखिन्छ र दुधको बजार सुनिश्चित भएको  ।
२)उत्पादित वस्तुको मात्रा वृद्धि गर्ने हो भने विभिन्न ठाउँमा निर्यात समेत गर्न सकिन्छ ।
३) बाख्रा, घाँस आदिको श्रोत स्थापना गर्ने हो भने चाहिने बिउ-बिजनको लागि अन्त जानु नपर्ने ।
४) आधुनिक प्रविधि अपनाएर व्यवसायिक बन्ने हो भने थुप्रै चिजबस्तुहरु अन्तर जिल्ला तथा पालिकामा निर्यात समेतगर्न सकिन्छ ।
५)  बाख्रा पकेटलाई बिस्तार गर्दै जाँदा जोन बनाउन सकेमा, स्वरोजगारको सम्भावना पैदा हुनेछन ।
६) यस क्षेत्रको पूर्वीपट्टि दमौली ३५ किमी  कि.मि र पश्चिम तिर पोखरा ३० कि मी र काठमान्डौ १८० कि.मि रहेकोले उत्पादित बस्तुको बजार सुनिश्चित देखिन्छ।
७) यस क्षेत्रमा दुधबाट चिज, छुर्पी बनाई बाहिरी देशमा निर्यात गर्न सकेमा आर्थिक स्तर वृद्धि गर्न सकिन्छ।
८) खुवा ,घ्यू, पनिर जस्ता स्थानीय बजारमा बिक्रि, वितरण गर्न सकिने।

चुनौती

१) युवा पलायन हुनु र कामदारको समस्या हुनु ।
२)आधुनिक प्रविधिको लागि आवश्यक श्रोत-साधन नहुनु।
३)कृषकको आयश्रोत कम हुनु।
४) उन्नत जातीय पशुपन्छीको उत्पादन गर्न नसक्नु ।
५) भौगोलिक विविधताका कारण सबै खाले व्यवसाय गर्न नसक्नु।
६) लगानी अनुसारको कार्य कृषकले गर्न नसक्नु।
७) महामारी रोगको संकट निम्तिनु।
८) औषधि, उपचार गर्दागर्दै पनि औषधिले काम नगर्नु ।
९) जैविक सुरक्षा र क्वारेन्टाइनमा कढाई नहुनु ।
१०) उत्पादित वस्तुको बजार मुल्य कम हुनु र आयात बढी हुनु ।
११० गुणस्तरयुक्त दानापानीको व्यवस्था नहुनु ।

विकासका सम्भावनाहरु

१) पर्यटन विकास
२) कृषिको पशुपालन र मौरी पालन
३) बाख्रा पालन तथा नर्सरी
४) जडिवुटी खेती
५) फलफुल खेती

घरघरमा सेरेना जातको मौरीको मह उत्पादन, रैथाने बालि उत्पादन, बाख्रापालन, गाइभैसी पालन, बगुरपालन, माछापालन, कुखुरापालन जस्ता कुराबाट अहिले पनि रुपा गाउपालिकाले बार्षिक झन्डै  २२ करोड बराबरको कृषिजान्य उत्पादन निर्यात गर्ने गरेको देखिन्छ। यी तथ्याकको आधारमा रुपा गाउँपालिकाले स्थानीय श्रोत तथा परम्परागत सिपको समुचित प्रयोग गरि नजिक रहेको पोखराको बजार लक्षित कृषि उत्पादनको माध्यमबाट सम्वृद्धि तर्फ लाग्न सक्छ ।

 

वि.सं.२०८१ फागुन १२ सोमवार १४:४१ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...