back
CTIZAN AD

मोहना अन्सारीलाई दण्डपाणि-नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार प्रदान गरिने

वि.सं.२०८१ फागुन १२ सोमवार

1.3K 

shares

काठमाडौँ । मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार कोषका संस्थापकमध्येका हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अज्र्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ इ ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त पुरस्कार यही फागुन १७ गते एक कार्यक्रमबीच प्रदान गरिने स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

गोरखामा १९६३ सालमा जन्मनुभएका शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी दण्डपाणि अज्र्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । नन्दकुमारी उहाँकी धर्मपत्नी थिए । उनीहरुको नाममा पुरस्कार स्थापना गरिएको हो ।

विसं २०६२ मा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पु¥याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ ।
यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा डा सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीलगायतका व्यक्तिलाई सम्मान गरिसकेको छ ।

वि.सं.२०८१ फागुन १२ सोमवार १४:२२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...