back

सुदुरपश्चिममा बिद्यालय पुस्तकालय स्थापनाको अभियान : एक अनुभव

वि.सं.२०८१ फागुन १२ सोमवार

1K 

shares
GLOBAL IME AD
NTC AD

धनकुमार श्रेष्ठ  । नेपाल लाइब्रेरी फाउन्डेसनका पूर्व अध्यक्ष कपिलदेव थापाबाट कैलालीमा पुस्तकालय बनाउने बारे चर्चा भएको र यहि बिषयमा एकपटक क्यानडाबाट डा. नरेश कोइराला दाइद्वारा एनआरएनएका पूर्व कोषाध्याक्ष हिक्मत थापाको कैलालीस्थित अरूणोदय मावि, खैरिफाँटामा बिद्यालय पुस्तकालय बनाउने बारे मलाई जानकारी भएको थियो । यहि क्रममा एकजना कपिलराज भाट नामक ब्यक्तिले मलाई फेसबुक साथीका लागि अनुरोध गर्नुभएको पाएर उहाँको प्रोफाईल अध्ययन गर्दा अरूणोदयको प्रधानाध्यापक भएको थाहा भएपछि हामी फेसबुकमा जोडियौँ तदपश्चात् दोहोरो सम्बाद सूरू भयो । हिक्मत थापा सरसंग पनि मेसेन्जरबाट तद् सम्बन्धि कुराकानी हुन थाल्यो । उहाँ उक्त बिद्यालयका स्थापनाकालका बिद्यार्थी एंब बिद्यालयका संस्थापक प्रधानाध्यापक एंब बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष गगनसिंह थापाका सुपुत्र हुनुहुदोंरहेछ ।
कैलाली जिल्ला प्रवेश मेरो लागि यो तेस्रो हो । मिति २०८० साउन १८ गते श्री अरूणोदय मावि पुस्तकालय संभाव्यता अध्ययनका क्रममा मित्र सुनील पाण्डे सहित बसको लामो यात्राबाट पहिले लम्की आएका थियौं । लम्कीबाट प्रअ कपिलराज भाट सरले हामीलाई खैरिफाँटा पुर्र्याउनु भएको थियो । त्यस बखत् बिद्यालय ब्यबस्थापन समिती, शिक्षक कर्मचारीहरूको बैठकमा हामीलाई सहभागी गराईएको थियो । पुस्तकालयका लागि गगन फाउन्डेशनले बनाई दिएको भवनमा पुस्तकालय र बिद्यालयको अर्को भवनमा ई–पुस्तकालय स्थापनाकालागि भवन, कोठा छनौट, फर्निसिङ लेआउट लगायतको काम सम्पन्न गरी हामी भोलिपल्ट नेपालगञ्ज हवाईमार्ग हुँदै काठमाडौ फर्कियौँ ।

२०८० पुस १६ गते दोस्रो पटक म सुनील जी र यज्ञराज भट्ट सर सहित ३ सदस्यीय टोली बसमार्फत् लम्की हुँदै खैरिफाँटा पुगी १७ गतेबाट तालिम सञ्चालन गरियो । ५ दिनमा पुस्तकालयको तालिममार्फत बिद्यालयमा म्यानुअल र ई–पुस्तकालय सहित पुस्तकालयको २ संरचना निर्माण गरि २४ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमलबहादुर शाहद्वारा पुस्तकालयको बिधिवत् समुद्घाटन सुसम्पन्न भयो । पुस्तकालय गगन फाउन्डेशनको संयोजनमा युगाण्डाको रुपारेलिया फाउन्डेसनको आर्थिक सहयोग समेतबाट निर्माण भएको थियो । यसरी सुदुर पश्चिममा नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा आधुनिक पहिलो बिद्यालय पुस्तकालय निर्माण कार्य सम्पन्न गरि हामी त्यसै दिन काठमाडौ फर्कियौँ।

पुषको समय तराईको चिसो हुस्सुको समेत पर्वाह नगरी पुस्तकालय तालिमलाई सहभागी शिक्षक कर्मचारी र बिद्यार्थीहरूको न्यानो साथ पाएर सफल बनाईयो । हाम्रो बास लम्कीस्थित एक होटेलमा थियो । हामी बसेको स्थलबाट स्कुल परिसर खैरिफाँटा पुग्ने दूरी १३ किमी टाँढा थियो । जे होस् थोरै समयमा धेरै खटेर बिद्यालयको पुस्तकालय उद्घाटन गराउन योग्य बन्यो । यस कार्यमा बिद्यालयको तर्फबाट कपिलसरको निकै ठूलो कसरत र बिधालय ब्यवस्थापन र शिक्षकहरूको उल्लेखनीय भूमिका रहेको थियो ।

मेरो जीवनमा परिस्थितिले कोल्टे फेरेपछि ७/८ महिना म नेपाल लाईब्रेरी फाउन्डेसनमा सक्रिय हुन सकिनँ। गत माघको २५÷२६ तिर म इटहरीमा थिएँ। मोबाईल बिग्रिएर सम्पर्क बिहिन भएको थिएँ । मोबाईल बनेपछि हिक्मत थापा सरको नाइजेरियाबाट फोन आउँछ । टीकापुरस्थित् वीरेन्द्र बिद्यामन्दिर माविमा पुस्तकालय निर्माण गर्ने बिषयमा कुराकानी हुन्छ । लगत्तै सुनीलजीको पनि फोन रिसिभ गर्छु बिषय यहि हुन्छ । केहि दिनपछि प्रशान्त अर्यालसरको फोनमा जोडिन्छु, उहाँ टीकापुर सरोकार समुहको अध्यक्ष हुनुहुदो रहेछ । म, भट्ट सर सहित एकदिन प्रशान्तसर बिच सोहि बिषयमा मिटिङ हुन्छ । केहि पछि विकास रावलजी संगपनि जोडिन पुग्छ ु। यसरी टीकापुरको वीरेन्द्र विद्यामन्दिर माविको ई पुस्तकालयसहित आधुनिक पुस्तकालय निर्माणको तयारीमा प्रशान्तजीसंग घनिष्ठता बढ्छ । विकासजीसंग फोन फोनमै निकटता बढ्छ। एकदिन हिक्मत थापा सरले बोलाउनु भएको अनलाईन मिटिङमा सहभागी हुँदा बिरेन्द्र माविका सहायक प्राचार्य र गुठियार प्रमुख नवराज रावलसंग चिनारी हुन्छ । बिशेषतः प्रशान्तजी म र विकासजी भएर सामग्री जुटाउने कामलाई काठमाडौंमा अगाडि बढाईन्छ ।

सम्पूर्ण सामग्री तयार भएपछि सामग्री पठाउने जिम्मा विकासजीको हुन्छ र भट्टजीसहित हामी २ जना हवाईमार्ग हुँदै तेस्रोपटक धनगढी पुग्छौँ । सोहिदिनको २ बजे बिद्यालय पुगेर ननस्टप तालिम चलाउन थाल्छौँ । ८ गतेभित्र पुस्तकालय संरचना निर्माण भइसकेको हुनुपर्ने छ किनकि ९ गते बिद्यालयको स्वर्णमहोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह श्रेष्ठले गर्ने कार्यक्रम तय भएको थियो । सास न बास भएर काम सम्पन्न गरियो । पुस्तकालय समितिका संयोजक पहलमान खत्री सरको लगाव लगनशिलता मिहिनेत चुस्त संयोजन, तालिममा सहभागीहरूको नियमितता र सक्रियताको परिणामतः सोचेकै दिन म्यानुअल र इ–पुस्तकालय ब्यवस्थापन गर्न संभव भयो । हेर्दा पनि सुन्दर र ब्यवस्थित देखियो । हिक्मत सरको योजना र सक्रियतामा युगान्डाका लागि नेपालका मानार्थ वाणिज्य दुत डा. सुधीर रुपारेलियाको रुपारेलिया फाउन्डेसन, टीकापुरक वरिष्ठ समाजसेवी एंव बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष श्री मीनबहादुर रावल र स्वर्गीय साहित्यकार एंब शिक्षासेवी गगनसिंह थापाको स्मृतिमा स्थापित गगन फाउन्डेसनको आर्थिक सहयोग र टीकापुर सरोकार समुहको संयोजनमा छोटो अवधिमा यो दोश्रो परियोजना समेत उत्कृष्ट रुपमा सम्पन्न गरियो । यस अत्याधुनिक बिद्यालय पुस्तकालयबाट बिधालयका शिक्षक बिद्यार्थीहरुले बिसहजार भन्दा बढी डिजिटल पुस्तक र अध्ययन सामाग्री एंब दुई हजार भन्दा बढी पुस्तकहरुबाट अध्ययन गर्न पाउनेछन ।
अनन्तः तोकिएकै दिन वीरेन्द्र बिधामन्दिर माविको स्वर्ण जयन्ती समारोहको अवसरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र अन्य विशिष्ट महानुभावहरुको उपस्थितिमा नेपाल सरकारका उपप्रधानमन्त्री माननीय प्रकाशमान सिंहज्युबाट पुस्तकालयका समुदघाटन सम्पन्न भयो ।

फागुन ८ गते भट्ट सरलाई बिदाई गरी म चाँहि टीकापुर नगरी र जानकी गाउँपालिकाको मायाको फेरोमा अल्झिन पुग्छु । पुस्तकालय उद्धाटनको दिन छोटो प्रस्तुतिकरण गर्न सघाउन भ्याउछु । यसपछि अरूणोदयका प्रअसंग कुम जोडाई मच्चिन्छ ।
यस बिचमा हिक्मत थापासरको अनुरोधमा महेन्द्र शिशु मावि धर्मापुरको पुस्तकालय अवलोकन गरियो। कैलाशेश्वर बेद बिद्याश्रम, जनता नमुना मावि मुनुवा, अरूणोदय मावि खैरिफाँटा हुँदै वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुर पुस्तकालय र टीकापुर बहुमुखी क्याम्पसको पुस्तकालयको अवलोकन गर्न भ्याईयो ।

यहि बिचमा धनगढी कारागारमा पुस्तकालयको बिषयले पनि उठान पायो। डा. अग्नी कोइराला, कपिलराज भाट प्रशान्त अर्याल र हिक्मत थापा सरसंगको निरन्तर सम्पर्कले नेपाल लाइब्रेरी फाउन्डेसनका आगामी गतिबिधिलाई अगाडि बढाउनमा उत्प्रेरणा मिलेको अनुभूत गरेको छु। यति काम भ्याएर आज काठमाडौ फर्किँदै छु।

नेपाल लाइब्रेरी फाउन्डेशनलाई माया गर्नुहुने, पुस्तकालय अभियानमा जोडिनुहुने, जोडिन चाहनुहुने, यस कार्यमा पुलको भूमिका निर्वाह गर्नुहुने आदरणीय हिक्मत थापा, कपिलराज भाट, प्रशान्त अर्याल, विकास रावल, टीकापुर सरोकार समुह, गगन फाउन्डेसन सम्बद्ध सबैमा नेपाल लाइब्रेरी फाउन्डेशनको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट सहयोग, सद्भाव र न्यानो आतिथ्य समेतका लागि हार्दिक आभार तथा धन्यबाद टक्र्याउन चाहन्छु ।

( पुस्तकालय ब्याबस्थापनविद धनकुमार श्रेष्ठ नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव हुन् ।)

वि.सं.२०८१ फागुन १२ सोमवार १६:१६ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...