back
CTIZAN AD

कालीगण्डकी अस्पतालमा ३९ जनाको निःशुल्क आँखाको शल्यक्रिया 

वि.सं.२०८१ फागुन १२ सोमवार

1.2K 

shares

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा सञ्चालित कालीगण्डकी अस्पतालको पाँचौं स्थापना दिवसको अवसरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको छ ।

एमबि फाउन्डेसन काठमाडौँको सहयोग र हिमालय आँखा अस्पताल धारीपाटन पोखराको  प्राविधिक सहयोगमा भएको शिविरमा ३९ जनाले आँखाको सफल शल्यक्रिया गरेका हुन् ।

यसैगरी अस्पतालको आयोजना, नेपाल रेडक्रस सोसाइटी श्रीकृष्ण गण्डकी उपशाखा मिर्मीको व्यवस्थापन र जिल्ला रेडक्रस शाखा स्याङ्जाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत भएको छ । कार्यक्रममा २२ जना रक्तदान गरेका थिए ।

गाउँपालिका तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै बिरामीलाई अस्पतालमा उपचार गराएर समय पैसा र स्वास्थ्यको सदुपयोग गर्न सुझाव दिए । राष्ट्रिय गाउँपालिका महासङ्घका महासचिव समेत रहेका उनले अस्पताल स्थापनाको उद्देश्य, अस्पतालले सिर्जना गरेको अवसर, चुनौती र भावी रणनीतिको बारेमा प्रस्ट पारेका थिए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, पालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना दिएका थिए ।

वि.सं.२०८१ फागुन १२ सोमवार १६:४६ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...