back
CTIZAN AD

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

वि.सं.२०८१ फागुन १४ बुधवार

2K 

shares

अमेरिका । अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै छ ।

युनाइटेड शेर्पा एसोसिएसन इंक. (शेर्पा किदुग) न्यूयोर्कले आउँदै गरेको सम्पूर्ण बौद्ध धर्मालम्बिहरुको महान चाड २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार नयाँ वर्ष लोसार मनाउन भब्य तयारी भरहेको छ ।

किदुगले धर्मालम्बिहरुलाई पहिलोपटक सुबर्ण अबसर बुद्ध अवशेष (बुद्धका पवित्र अस्तु धातु) को दर्शनसहित सांस्कृतिक रोमाञ्चक कार्यक्रमहरूको श्रृंखला तयार पारेका छौं । २१५२ औ स्यिङ मो डुल्लो (सर्प वर्ष ) को स्वागत गर्दै सांस्कृतिक र धार्मिक् भाभ्य प्रास्तुतिहरु रहने बताइएको छ ।


यस्तो छ कार्यक्रमको तालिका

१. बुद्ध अवशेष (बुद्धका पवित्र अस्तु धातु ) को दर्शनः

मितिः शुक्रबार, फेब्रुअरी २८, २०२५ र शनिबार, मार्च १, २०२५
समयः बिहान ७ः०० बजे देखि बेलुका ८ः०० बजे सम्म
स्थानः शेर्पा किदुग गुम्बा (४१–०१ टेन्जिङ नोर्गे शेर्पा वे,७५औं स्ट्रिट, एल्मजगचकत, ल्थ् ११३७३)
विशेष कार्यक्रमः पहिलोपटक, हामी बुद्ध अवशेष (बुद्धका पवित्र अस्तु धातु ) को दर्शनः अवसर प्रदान गर्न पाउँदा उत्साहित छौं । यो विशेष अवसर नछुटाउनुहोस् !

२. शेर्पा किदुगमा लोसार उत्सवः

मितिः आइतबार, मार्च २, २०२५
स्थानः शेर्पा किदुग (४१–०१ टेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिट, एल्मजगचकत, ल्थ् ११३७३)
गतिविधिहरूः विभिन्न शेर्पा सांस्कृतिक गतिविधिहरू सहितको परम्परागत लोसार उत्सवमा मनाउने छौ । पुज्यनिय सम्मानित धर्म गुरुहरुद्वारा प्रस्तुत गरिने मनमोहक धार्मिक् नृत्य हरु पनि अबलोकन गर्न पौने अबसर रहेको छ । सडक बन्द गर्नेछौं र शेर्पा परम्परागत सुन्दर पोशक मा सजिएर भेला हुनेछौं।

कार्यक्रम
मितिः शनिबार, मार्च ८, २०२५
समयः साँझ ६ः०० बजेदेखि राति २ः०० बजेसम्म
स्थानः तिब्बती सामुदायिक केन्द्र (५७–१२ तिब्बत वे, ३२ औं एभ, वुडसाइड, NY ११३७७)
मुख्य आकर्षणहरूः

सांस्कृतिक प्रस्तुतिहरूः शेर्पा हरुको सस्कृति भाषा र पोशाकलाई जीवन्त राख्ने सेब्द्रो नृत्य र टुङ्नाको सांगीतिक धुनसहित मनमोहक शेर्पा सांस्कृतिक नृत्यहरू

कार्यक्रममा लोकप्रिय नेपाली संगीत उद्योगकी गायिका प्रविशा अधिकारीको प्रस्तुति रहनेछ ।

विभिन्न संघसस्थाका सामाजिक अभियन्ता अतिथिहरूको उपस्थिति रहनेछ ।

शेर्पा परम्परागत नृत्यः शेर्पा संस्कृति केन्द्र रिग्शुङ लोप्टाबाट विशेष शेर्पा परम्परागत नृत्य प्रदर्शन हुने छ ।

ऐतिहासिक नृत्य प्रदर्शन : नेपाली फिल्म उद्योगका ख्याती प्राप्त सुप्रसिद्ध कोरियोग्राफर गोविन्द राईले विशेष ऐतिहासिक नृत्य प्रस्तुत गर्नेछन् ।
हामी तपाईं, तपाईंको परिवार र साथीहरूलाई हाम्रो लोसार उत्सवहरूमा भाग लिनको लागि हार्दिक आमन्त्रण गर्दछौं। आउनुहोस्, हामी सँगै मिलेर रमाईलो गरौं, लोसार मनाऔं र् एक आपसमा शुभकामना आदान प्रादान गरौ

थप जानकारी र टिकट खरिदका लागि ३ ७१८७७९७३००

साङ् दोर्जे शेर्पा
महासचिब

वि.सं.२०८१ फागुन १४ बुधवार १७:२८ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...