back
CTIZAN AD

जापानमा जन्मदर नयाँ ऐतिहासिक न्यूनस्तरमा

वि.सं.२०८१ फागुन १५ बिहीवार

783 

shares

टोकियो । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ ।

यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकहरू सहित जापानमा सात लाख २० हजार नौ सय ८८ बच्चा जन्मिएका थिए । यो सन् २०२३ मा सात लाख ५८ हजार छ सय ३१ बाट पाँच प्रतिशतले कम हो ।

जन्मको सङ्ख्या सरकारले सन् १८९९ मा तथ्याङ्क राख्न सुरु गरेयता सबैभन्दा कम भयो ।

मृत्युको सङ्ख्या जन्मको तुलनामा दोब्बरभन्दा बढी थियो । मृत्यु हुनेको सङ्ख्या सन् २०२३ मा एक दशमलव आठ प्रतिशतले बढेर १६ लाख २० हजार पुगेको छ ।

जापानको कूल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको गत हप्ताको तथ्याङ्कले देखाएको छ । यो एक वर्ष अघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।

जन्म तथ्याङ्कले दक्षिण कोरियासँग तीव्र तुलना गरेको छ । दक्षिण कोरियामा बुधबारको तथ्याङ्कले सन् २०२४ मा प्रति एक हजार मानिसमा जन्मिएका बच्चाहरूको सङ्ख्या बढेको छ । यो एक दशकभन्दा बढी समयमा पहिलो पटक हो ।

सन् १९७३ मा जापानमा २१ लाख बच्चा जन्मिएका थिए ।

जापानी प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताएका छन् ।

तर शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार सुरु गर्न निरुत्साहित गरेको छ ।
एएफपी

वि.सं.२०८१ फागुन १५ बिहीवार १५:२६ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...