back
CTIZAN AD

शिशु जन्माएर फाल्ने युवती पक्राउ

वि.सं.२०७४ जेठ १७ बुधवार

855 

shares

१७ जेठ, सल्लेरी (सोलुखुम्बु) । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी)लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

करिब २ः३० बजे महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो ।

कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मङ्गलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । शिशु कस्को हो र किन यस्तो घटना घट्न पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताउनुभयो ।

यस्तै, २०७२ मङ्सिर २८ र २९ गते पनि सदरमुकाममै दुई शिशुको शव भेटिएको थियो । डेढ वर्ष बितिसक्दा पनि उक्त घटनामा संलग्न दोषी पत्ता लगाउन नसकेको प्रहरीले मङ्गलबारको घटनामा संलग्नलाई भने २४ घन्टा नबित्दै नियन्त्रणमा लिन सफल भएको छ ।

वि.सं.२०७४ जेठ १७ बुधवार ०४:११ मा प्रकाशित

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको...

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको...

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन...