back
CTIZAN AD

आयोडिनको मात्रा तत्काल नियन्त्रण गर्न सांसदको माग

वि.सं.२०८१ फागुन २३ शुक्रवार

741 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छन् ।

बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गरिन ।

सांसद नैनकला थापाले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै महिलालाई शुभकामना व्यक्त गर्दै दक्षिण एसियामा महिला आन्दोलनका कारण धेरै अधिकार पाएको स्मरण गर्दै अझै महिलाका अधिकार कार्यान्वयनमा बढी ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद प्रतिमा गौतमले ‘हेनोफोलिया’ एक प्रकारको आनुवांशिक रोग भएको र यो रोग लागेपछि शरीरबाट रगत नरोकिएर गम्भीर समस्या भइरहेको भन्दै त्यससम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।

सांसद प्रतिक्षा तिवारीले समान कामको समान ज्याला माग गरेर महिला आन्दोलित भएको आज एक सय १५ वर्ष पुगिसक्दा पनि महिलाले समान ज्याला पाउन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले गृहश्रमिक महिलालाई मूलधारमा ल्याउन र आर्थिक रूपमा सबल बनाउन लाग्नुपर्ने बताए ।

सांसद प्रभु हजाराले ठूला, सम्झौता र साना उद्योगहरू उधारो कारोबारले पीडित भएका र कतिपय उद्योग बन्द भएकाले उच्चस्तरीय आयोगले कानुन बनाउन दिएको सुझावलाई कार्यान्वयनको माग गरे । सांसद प्रेमबहादुर मर्हजनले ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कुपण्डोलमा डम्बरबहादुर खड्काको घरमा आगलागीबाट रु ८० लाख क्षति भएको र आगलागी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सांसद विमला सुवेदीले अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै संसद्को नियमावलीको २५७ ले व्यवस्था गरेको महिला समितिको गठन गर्न माग गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा गत वर्षको बाढीले क्षतिग्रस्त भएको संरचना हालसम्म पुनःनिर्माण हुन नसकेकाकाले तत्काल पुनःनिर्माण गरी गाउँलाई सुरक्षित बनाउन माग गरे ।

वि.सं.२०८१ फागुन २३ शुक्रवार १५:२७ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...