back

कफीको बोक्राबाट  रक्सी उत्पादन 

वि.सं.२०८१ फागुन २८ बुधवार

6.3K 

shares
GLOBAL IME AD
NTC AD

कफीको इतिहास प्राचीन इथियोपियाबाट शुरु भएको मानिन्छ, जहाँ एक गोठालाले आफ्नो बाख्रालाई विशिष्ट फल र पात खाइरहेको देखेर यसको प्रभावको बारेमा ध्यान दिन थाले । यसबाट प्राप्त गरिएको फल र पातलाई मठाधीशहरूले रातभर प्रार्थना गर्दा मद्दत पु¥याउने पेयको रूपमा प्रयोग गरे । त्यसपछि कफी अरब प्रायद्वीपतर्फ फैलियो र १५ औं शताब्दीसम्म यसलाई यमेनमा व्यवसायिक रूपमा खेती गरिन्थ्यो । कफीको लोकप्रियता अरबका काहव खाने(कफी हाउस)मा बढ्न थाल्यो, जहाँ बौद्धिक र साँस्कृतिक आदानप्रदानका लागि मानिसहरू भेला हुन्थे । युरोपमा कफीको आगमन १७ औं शताब्दीतिर भयो, जहाँ यसले सुरुवातमा शंका र विरोधको सामना गर्नुप¥यो, तर पछि पोप क्लेमेन्ट आठौंले यसको स्वीकृति दिएपछि कफीको लोकप्रियता निकै बढ्यो । युरोपमा कफी हाउसहरूको सञ्जाल फैलिएको थियो, जसले सामाजिक र बौद्धिक परिवेशलाई समृद्ध बनायो । यसपछि, कफीको व्यवसायिक खेती दक्षिण अमेरिका र अन्य भागहरूमा फैलिन थाल्यो ।

नेपालमा कफीको सुरुवात विक्रम सम्बत १९३० सालमा हिरा गिरी नामक जोगीले बर्माबाट अरेबीका जातको कफी बोट ल्याएर गुल्मीको आँपचौरमा रोपेपछी सुरु भएको हो । यसपछि, कफी खेती नेपालका विभिन्न जिल्लाहरूमा विस्तार भएको छ र अहिले नेपालमा कफीको गुणस्तर उत्कृष्ट मानिन्छ । नेपालमा कफी खेतीको बढ्दो लोकप्रियता र यसको व्यवसायिक सम्भावनाले नेपालको कृषिमा नयाँ दिशा र समृद्धि ल्याउने अपेक्षा गरिएको छ । नेपालको कफी उत्पादनको बजारमा वृद्धि हुँदै गएको छ, र आगामी वर्षमा यसको निर्यातको सम्भावना पनि उज्ज्वल देखिन्छ । कफीको ऐतिहासिक र साँस्कृतिक महत्वको साथसाथै नेपालको कृषिमा यसको भूमिका र सम्भावनाहरू पनि महत्वपूर्ण छन्, जसले अर्थतन्त्रमा थप योगदान पु¥याउन सक्छ ।

कफी उत्पादन पछि बाँकी रहने बोक्रा प्रायः फोहोरको रूपमा फालिने गरिन्छ । तर, यो बोक्रालाई पुनः उपयोग गरी गुणस्तरीय रक्सी उत्पादन गर्न सकिन्छ । यो प्रक्रिया न केवल वातावरणमैत्री छ, तर यसले किसान र उद्यमीका लागि आम्दानीको नयाँ स्रोत पनि खोल्छ ।

नेपालमा परम्परागत रक्सी बनाउने प्रक्रिया स्थानीय स्रोत र ज्ञानमा आधारित छ, जसले ग्रामीण जीवनशैली र साँस्कृतिक परम्परालाई झल्काउँछ । यसका लागि मुख्यतः मकै, कोदो, चामल, वा अन्य अन्नबाली प्रयोग गरिन्छ, जसलाई किण्वन गर्न मर्चा मिलाइन्छ । किण्वित मिश्रणलाई स्थानीय भट्टीमा तताएर रक्सी निकालिन्छ, जसलाई ‘जाँड’ र ‘दस्त’ भनिन्छ । यो प्रक्रिया चाडपर्व, विवाह, र धार्मिक अनुष्ठानका लागि महत्वपूर्ण छ भने ग्रामीण क्षेत्रमा आयआर्जनको स्रोत पनि हो । यद्यपि परम्परागत विधिहरूमा स्वच्छता र सही तापक्रमको ध्यान दिनुपर्छ, साथै व्यवसायिक उत्पादनका लागि कानूनी अनुमति आवश्यक हुन्छ । यो विधिले नेपालको साँस्कृतिक सम्पदालाई संरक्षण गर्दै ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने सम्भावना बोकेको छ ।

सामान्यतया कफीको बोक्राको रक्सिमा १२ प्रतिशत अल्कोहल हुने गर्छ । यो अझै बढाउन पनि सकिन्छ । यसको लागि कफीको बोक्रालाई यो प्रक्रियामा ७ देखि १४ दिनसम्म चल्ने गर्दछ । फेर्मानटेसन पछि डिस्टिलेसन गरेर शुद्ध रक्सी निकालिन्छ, जसलाई १ देखि ६ महिना परिपक्वताका लागि राखिन्छ । कफीको रक्सीको स्वाद अनौठो र विशेष हुन्छ । यसमा कफीको मिठास, फलफूलको गन्ध र हल्का माटोको गन्ध हुन्छ । कम मात्रामा यसको सेवन गर्दा स्वास्थ्यमा फाइदा पुग्छ । यो एण्टिअक्सिडेन्टले भरिपूर्ण छ, जसले तनाव घटाउन र पाचन सुधार गर्न मद्दत गर्छ । नेपाली किसानहरूले कफीको बोक्राबाट रक्सी उत्पादन गरेर आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा नयाँ स्थान बनाउन सक्छन् । यो उत्पादन स्थानीय रेस्टुरेन्ट, बार र पर्यटन उद्योगमा विशेष आकर्षण बन्न सक्छ ।

धेरै देशहरूले विभिन्न प्रकारका पेय उत्पादनहरूलाई प्रोत्साहन गर्ने पहल गरेका छन्, तर यो प्रायः उनीहरूको साँस्कृतिक पहिचान, आर्थिक लाभ, र कृषकहरूको उत्थानसँग सम्बन्धित उद्देश्यहरूका लागि गरिएको देखिन्छ । उदाहरणका लागि, कफी उत्पादनमा केन्द्रीय भूमिका खेल्ने केही देशहरूले यसलाई प्रोत्साहन गर्न ठूला प्रयास गरेका छन् । ब्राजिल, इथियोपिया, र कोलम्बियाले कफीलाई आफ्नो राष्ट्रिय पहिचानसँग जोडेर प्रोत्साहन गरेका छन् । यसमा स्थिरता, कृषकहरूको आय वृद्धि, र निर्यात वृद्धि जस्ता पहल समावेश छन् । कफी उत्पादनका लागि अमेरिका र युरोपेली संघले पनि सहायता दिएका छन्, जसले कृषकहरूलाई साधन र तालिम प्रदान गर्न मद्दत पु¥याउँछ, तर कहिलेकाहिँ यसमा स्वार्थी उद्देश्यहरू पनि जोडिएका हुन्छन्, जस्तै अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो प्रभुत्व कायम राख्ने प्रयास पनि एक हो ।

यस्तै, नेपालमा पनि मदिराजन्य पदार्थहरूको साँस्कृतिक र आर्थिक पक्ष देखिन्छ । स्थानीय स्तरमा, तोङ्बा, छ्याङ, र अन्य परम्परागत मदिराहरू साँस्कृतिक महत्वका रूपमा उत्पादन र उपभोग गरिन्छ । यसलाई सामुदायिक पहिचानसँग जोडेर प्रोत्साहन गर्ने प्रयासहरू स्थानीय स्तरमै हुन्छन् ।

संसारभरि, जापान र ब्राजिलजस्ता देशहरू कफी बोक्राको उपयोग गरी विभिन्न प्रकारका रक्सी उत्पादन गर्छन् । नेपालमा पनि कफीको रक्सी उत्पादनले जैविक फोहोरको उपयोग गर्दै आर्थिक समृद्धिमा योगदान पु¥याउन सक्छ । किसान, उद्योगी, र सरकारको सहकार्यमा यसले नेपाली कफी उद्योगलाई नयाँ उचाइमा पु¥याउन सक्ने सम्भावना छ ।

नेपालमा कफी उत्पादन

नेपालमा कफी उत्पादन पछिल्लो समय उल्लेखनीय रूपमा वृद्धि भएको छ । उच्च गुणस्तरको कफी उत्पादनका कारण अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्दो छ । यहाँ नेपालको कफी उत्पादनको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।

नेपालमा कफी खेतीको सुरुवात १९३० म्यानमार (बर्मा) बाट अरेबिका जातको कफीको बिउ ल्याएर खेती सुरु गरिएको पाइन्छ । अरेबिया जातको कफी मात्र नेपालमा खेति गरिएको छ । यो राम्रो फल्ने र स्वादका हिसाबले समेत अति सफल र राम्रो मानिन्छ । व्यवसायिक उत्पादन भने १९८० को दशकदेखि सुरु भएको हो । नेपालमा कफी उत्पादन पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ । हालसम्म करिब २,६५० हेक्टर क्षेत्रमा कफी खेती हुँदै आएको छ, जसबाट वार्षिक करिब ५१३ मेट्रिक टन हरियो कफी उत्पादन हुने गरेको छ । यद्यपि, नेपालमा ११।९ लाख हेक्टर क्षेत्रफल कफी खेतीका लागि उपयुक्त मानिएको छ, तर उत्पादन भने मागभन्दा निकै कम छ । देशभित्रको कफीको वार्षिक माग ८,००० मेट्रिक टनभन्दा बढी रहेको छ । कफी उत्पादनका प्रमुख जिल्ला गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, र बागलुङ हुन् । यस खेतीले देशभर ४२ जिल्लाका ३२,००० भन्दा बढी परिवारलाई रोजगारीको अवसर दिएको छ । नेपालबाट उत्पादित जैविक विशेष कफी जर्मनी, जापान, दक्षिण कोरिया र अमेरिकामा निर्यात हुने गरेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीलाई छुट्टै पहिचान दिलाएको छ ।

नेपालले सन् २०२३ मा करिब १६२  मेट्रिक टन कफी निर्यात गरेको छ । विशेष रूपमा उच्च गुणस्तरको अरेबिका कफी, जुन उच्च भूभागमा उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय छ । नेपाली कफीलाई जैविक र विशेष स्वादका कारण प्रति किलोग्राम लगभग १२ अमेरिकी डलरको दरमा मूल्य रहेको छ ।

तर, नेपालमा कफी उत्पादन अझै सीमित छ । वार्षिक उत्पादन करिब ५०० मेट्रिक टन मात्र हुन्छ, जसको धेरैजसो भाग स्थानीय रूपमा खपत हुन्छ । देशभित्र कफीको माग दिनप्रतिदिन बढ्दै गएकोले निर्यात गर्न सकिने परिमाण सीमित छ । यो उद्योगका लागि प्रमुख चुनौतीहरू उत्पादन क्षमता अभिवृद्धि र स्थानीय मागलाई पूरा गर्न आवश्यक तयारी हुन् ।

मुख्य उत्पादन क्षेत्रहरू

नेपालमा कफी ८०० देखि १६०० मिटरको उचाइमा, विशेष गरी मध्यम पहाडी क्षेत्रमा खेती गरिन्छ । नेपालको मध्यम जलवायु, मनसुन वर्षा, र राम्रो रूपमा निकास भएका माटोले अरेबिका कफी उत्पादनका लागि उपयुक्त वातावरण प्रदान गर्छ । यहाँ प्रायः जैविक खेती गरिन्छ, रसायनिक मल तथा विषादीको प्रयोग न्यून छ ।

उत्पादन र निर्यात

नेपालले उच्च गुणस्तरको जैविक कफी उत्पादन गर्दै आएको छ, जुन मुख्यतया विशेष कफी बजारलाई लक्षित गरिएको छ । निर्यात नेपाली कफी जापान, अमेरिका, जर्मनी, र दक्षिण कोरिया जस्ता देशहरूमा निर्यात गरिन्छ । नेपाल कफी उत्पादक संघ कफी उत्पादन र निर्यात प्रवद्र्धन गर्न क्रियाशील छ ।

अवसरहरू :

जैविक कफीको उच्च माग : नेपालको जैविक कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी छ ।
इको–पर्यटन : कफी खेतीलाई कृषि पर्यटनसँग जोड्न सकिन्छ ।
सरकारी सहयोग : नेपाल सरकारको कृषि विकास रणनीति ADSअन्तर्गत कफीलाई प्राथमिक नगदे बालीका रूपमा राखिएको छ ।
क्षमता अभिवृद्धि : आधुनिक कफी खेती र प्रशोधन प्रविधिको तालिम किसानहरूलाई दिन थालिएको छ ।

चुनौतीहरू :

सानो परिमाणमा उत्पादन : अधिकांश कफी खेती साना र बिखण्डित क्षेत्रहरूमा सीमित छ ।
अपर्याप्त पूर्वाधार : प्रशोधन र भण्डारणका सुविधा पर्याप्त छैनन् ।
कम जानकारी : व्यवसायिक कफी गर्ने किसानहरूलाई अन्तर्राष्ट्रिय बजारको सम्भावना जानकारी नहुनु ।
जलवायु परिवर्तन : मौसममा आएको परिवर्तनले उत्पादन र गुणस्तरमा असर पु¥याउन सक्छ ।
श्रमको अभाव : रोजगारीका लागि युवाहरू विदेश वा शहरतिर जाने प्रवृत्तिले श्रमशक्तिमा कमी आएको छ ।

देशमा कफीको सम्भावना

प्रशोधन, बजारीकरण र ब्रान्डिङमा थप लगानी भएमा नेपालको कफी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति मजबुत बनाउन सक्छ । कफी सहकारीको विकास र घरेलु खपतको प्रवद्र्धनले यो क्षेत्रलाई अझ सशक्त बनाउने छ । १ केजी कफीको बीन्स(बियाँ) बाट कति ग्राम बोक्रा (हस्क) निस्किन्छ भन्ने कुरा कफी प्रशोधन गर्ने तरिकामा निर्भर गर्दछ ।

ड्राई प्रोसेसिङ (प्राकृतिक विधि) 

यस विधिमा कफी चेरीको बोक्रा तथा गुदी भाग कफी सुकाएपछि छुटाइन्छ । सामान्यतः सुकाइ र हुलिङ प्रक्रियापछि, १ केजी कफी बीन्सबाट करिब १८०–२२० ग्राम बोक्रा निस्कन्छ ।

वेट प्रोसेसिङ (धोएको विधि)

यसमा मुख्य रूपमा पर्चमेन्ट (पातलो बोक्रा) निकालिन्छ, जसले कफीको कुल तौलको करिब १० प्रतिशतभाग ओगटेको हुन्छ । यसरी १ केजी कफी बीन्सबाट करिब १००–१२० ग्राम बोक्रा निस्कन्छ । यो परिमाण कफीको प्रजाति, प्रशोधनको अवस्था र चिस्यानको मात्रामा पनि निर्भर गर्दछ ।

कफीको बोक्राबाट बनेको रक्सी के हो ?

कफीको रक्सी भन्नाले कफी फलको बाहिरी बोक्रा फर्मंनटेसन गरेर रक्सी बनाउने प्रक्रिया हो । यो रक्सी प्राकृतिक रूपमा कफीको बोक्रामा रहेका शर्करा र जैविक तत्वहरूलाई मर्चा प्रयोग गरी बाफ गरेर उत्पादन गरिन्छ । डिस्टिलेसन विधिबाट शुद्ध रक्सी निकालिन्छ, जसलाई परिपक्व बनाउन राखिन्छ । यो रक्सी विशेषतः अनौठो स्वाद र गुणस्तरका कारण लोकप्रिय हुनेछ । कफीको मिठास, फलफूलको गन्ध र हल्का माटोको सुगन्ध यसमा पाइन्छ । यसले सामान्य रक्सी भन्दा भिन्न अनुभव प्रदान गर्छ ।

कसरी बनाइन्छ ?

कफीको बोक्रा संकलन गरेर सफा गरिन्छ ।
मर्चा  मिसाएर ७–१४ दिन कुहाएर राखिन्छ ।
कुहाएको मिश्रणलाई डिस्टिलेसन गरेर शुद्ध रक्सी निकालिन्छ ।
शुद्ध रक्सीलाई १–६ महिना परिपक्वताका लागि राखिन्छ ।

प्रयोग र महत्व

उचित मात्रामा सेवन गर्दा तनाव घटाउन र पाचन सुधार गर्न मद्दत गर्छ । यो रक्सी स्थानीय र अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बेच्न सकिन्छ । जैविक फोहोरको पुनः प्रयोग गरेर वातावरण संरक्षणमा योगदान दिन्छ । कफीको बोक्राबाट बनेको रक्सीले जैविक फोहोरलाई उपयोग गर्दै आर्थिक अवसर सिर्जना गर्न सक्ने ठूलो सम्भावना प्रदान गर्छ । नेपाल जस्तो कफी उत्पादन गर्ने मुलुकमा यसले कृषक र उद्यमीहरूको जीवनस्तर सुधार्न मद्दत पु¥याउन सक्छ ।

कफीको बोक्राबाट बनेको रक्सीको स्वाद र गुणस्तर तयार राख्ने प्रक्रिया

कफीको बोक्राबाट बनेको रक्सीको स्वाद अन्य सामान्य रक्सीभन्दा अलि फरक र विशेष हुन्छ । यसको स्वाद कफीको मिठास र फलफूलको हल्का गन्धको मिश्रण जस्तै हुन्छ । कफी बोक्रामा पाइएको शर्करा र जैविक तत्वहरूको कारण यो रक्सीमा प्राकृतिक मिठास, माटोको हल्का अरोमा र यसको विशेषता आउँछ । यसको स्वाद अझ प्रगाढ र रुचिकर बनाउन परिपक्वताको समयमा उचित ध्यान दिनु महत्वपूर्ण हुन्छ ।

कफीको बोक्राबाट बनेको रक्सीको स्वादका विशेषताहरू ः

१) मिठास र फलफूलको गन्ध :

कफीको बोक्रामा रहेका शर्कराले रक्सीमा मिठास ल्याउँछ, जसले सामान्य रक्सीभन्दा अधिक नरम र स्वादिष्ट बनाउँछ । साथै, केही फलहरूको हल्का गन्ध पनि अनुभव हुन्छ ।

२) माटोको गन्ध:
कफीको बोक्रामा रहेको प्राकृतिक तत्वले रक्सीमा हल्का माटोको गन्ध ल्याउँछ, जुन यसलाई अधिक विशिष्ट र अनौठो बनाउँछ ।
३) कफीको विशेष अनुभव:
कफीका अन्य उत्पादनहरूको जस्तै कफी रक्सीमा पनि कफीको विशेष गुण र अरोमा अनुभव गर्न सकिन्छ ।
राम्रो गुणस्तर तयार राख्नका लागि केही

महत्वपूर्ण प्रक्रियाहरू:

१) परिपक्वताको समय:

कफीको बोक्राबाट बनेको रक्सीलाई राम्रो गुणस्तरका लागि कमसेकम १ देखि ६ महिना परिपक्व गर्नुपर्छ । यस समयमा रक्सीले आफ्नो स्वाद र अरोमा समाहित गर्न समय लिन्छ ।

२) साफ (सफाइ र हाइजिनिक):

रक्सीको निर्माण प्रक्रियामा सफा र हाइजिनका उपायहरू अपनाउनु अत्यन्त महत्वपूर्ण छ । कुनै पनि अशुद्धता र जीवाणु मिश्रण गर्दा रक्सीको स्वाद बिग्रिन सक्छ ।

३) सही फर्मेन्टेसन र डिस्टिलेसन प्रक्रिया:

कफीको बोक्रा फर्मेन्टेसन प्रक्रियामा खमिरको सटीक मात्रामा प्रयोग गर्नुपर्छ । अत्यधिक फर्मेन्टेसनर डिस्टिलेसन प्रक्रियाले रक्सीको स्वादमा कहिलेकहिँ  फरक पनि हुन सक्छ ।

४) पर्याप्त समय राख्नु :

कफी रक्सीलाई परिपक्व हुन पर्याप्त समय दिनु आवश्यक छ । यो प्रक्रिया रक्सीलाई नरम र मिठो बनाउन मद्दत गर्दछ, जसले गुणस्तर बढाउँछ । कफीको बोक्राबाट बनेको रक्सीको स्वाद अत्यन्तै विशिष्ट र अनौठो हुन्छ । यसको मीठास, फलफूलको गन्ध र हल्का माटोको अरोमाले यसलाई अन्य रक्सीभन्दा अलग बनाउँछ । तर, यसको राम्रो गुणस्तर तयार राख्न किण्वन र परिपक्वता प्रक्रियामा विशेष ध्यान दिनु आवश्यक छ । यदि सही तरिकाले तयार पारिन्छ भने, यो रक्सी एक अनौठो र उच्च गुणस्तरीय पेय बन्न सक्छ, जसले बजारमा राम्रो स्थान बनाउन सक्छ ।

कफीको बोक्राबाट रक्सी बनाउने क्रममा ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरू

कफीको बोक्राबाट रक्सी बनाउने प्रक्रिया प्राकृतिक रूपमा किफायती र वातावरणमैत्री छ, तर यसमा सफलता प्राप्त गर्नका लागि केही विशेष कुरा र प्रक्रिया मा ध्यान दिनु अत्यन्त महत्वपूर्ण छ । कफीको बोक्रा मात्र प्रयोग गरेर उच्च गुणस्तरीय रक्सी बनाउनका लागि निम्नलिखित बुँदाहरूमा ध्यान दिन आवश्यक हुन्छ :–

१) सफा र स्वस्थ बोक्रा छनोट :

कफीको बोक्रा खेर जाने फोहोर वा खराब बोक्रा प्रयोग गर्नु हानिकारक हुन सक्छ । त्यसैले, राम्रो, ताजा र सफा बोक्रा लिनुपर्ने  गर्नुपर्ने हुन्छ । बोक्रा सङ्कलन गर्दा कुनै पनि घाम र पानीको अधिकता भएको बोक्रा प्रयोग नगरेको राम्रो हुन्छ । यो बोक्राको गुणस्तरमा असर पार्न सक्छ ।

२) फर्मेन्टेसनको सही प्रक्रिया :

कफीको बोक्रामा शर्करा र जैविक तत्वहरू हुन्छन्, जसलाई मर्चाको माध्यमबाट  कुहाउने गरिन्छ । फर्मेन्टेसन प्रक्रियामा समय र तापक्रमको सही नियन्त्रण अत्यन्त महत्वपूर्ण छ । अधिक कुहाउनाले रक्सीको स्वाद बिग्रन सक्छ । त्यसैले फर्मेन्टेसनको समयलाई सही राख्नुपर्ने हुन्छ (सामान्य) ७ देखि १४ दिनसम्म ।

३) मर्चाको सही मात्रा र गुणस्तर:

कफीको बोक्राबाट रक्सी बनाउनका लागि मर्चा अत्यन्त महत्वपूर्ण हुन्छ । मर्चाको सटीक प्रकार र मात्रामा ध्यान दिनुपर्छ, जसले किण्वन प्रक्रियालाई सुचारु र प्रभावकारी बनाउँछ । मर्चाको गुणस्तर बिग्रिएमा रक्सीको स्वाद र गुणस्तरमा नकारात्मक असर पर्न सक्छ ।

२) डिस्टिलेसनको प्रक्रिया :

फर्मेन्टेसन गरि रक्सि निकाल्नका लागि डिस्टिलेसन प्रक्रिया महत्वपूर्ण छ । यसलाई ध्यानपूर्वक र सही तापक्रममा गर्नुपर्छ । अत्यधिक तापक्रम वा अत्यधिक दबावले रक्सीको स्वाद बिग्रिन सक्छ । डिस्टिलेसनबाट प्राप्त रक्सीलाई राम्रो सेपरेशन प्रक्रियाद्वारा शुद्ध गर्नुपर्ने हुन्छ ।

३) परिपक्वताको महत्व :

कफीको बोक्राबाट बनेको रक्सीलाई परिपक्वता ९ब्नष्लन० को समय दिनु महत्वपूर्ण छ । परिपक्वताले रक्सीको स्वादलाई समृद्ध बनाउन मद्दत गर्दछ । परिपक्वता प्रक्रिया कम्तिमा १ देखि ६ महिना सम्म राख्नुपर्छ, जसले रक्सीलाई नरम र मिठो बनाउँछ ।

४) सुरक्षित वातावरण र हाइजिनिक :

कफी रक्सीको उत्पादन गर्ने समयमा सफा र सुरक्षित वातावरणमा काम गर्नु महत्वपूर्ण छ । कफीको बोक्रा, खमिर र अन्य उपकरणहरूको सफा र हाइजिन अवस्थामा राख्नु पर्छ । कुनै पनि अशुद्धता वा जीवाणु रक्सीको स्वादमा नराम्रो असर पार्न सक्छ ।

५) कृषक र उत्पादनको स्रोतको स्थिरता :

कफीको बोक्रा उत्पादन गर्ने स्रोत स्थिर र दीर्घकालीन हुनुपर्छ । यदि कफीको उत्पादनमा कुनै समस्या उत्पन्न भएमा रक्सीको उत्पादनमा पनि असर पर्न सक्छ । कफीको बोक्रा उत्पादनको मात्रा र गुणस्तरमा ध्यान दिनु पर्छ, ताकि उत्पादनको निरन्तरता सुनिश्चता गर्नुपर्छ ।

६)  नियमित जाच र परीक्षण :

कफी रक्सी उत्पादनको क्रममा समय समयमा गुणस्तरको परीक्षण गर्नु महत्वपूर्ण हुन्छ । यो परीक्षणले किण्वन र डिस्टिलेसन प्रक्रिया सही ढंगले भइरहेको छ कि छैन भनेर सुनिश्चित गर्न मद्दत पु¥याउँछ । स्वाद, रंग, र अरोमाका हिसाबले रक्सीलाई नियमित रूपमा जाँच गरेर मात्र यसको गुणस्तर कायम राख्न सकिन्छ ।

७) वातावरणीय प्रभाव :

कफी रक्सी बनाउँदा वातावरणीय कारकहरूलाई पनि ध्यानमा राख्नुपर्छ । तापक्रम, आद्र्रता, र हावा सर्कुलेशन किण्वन र परिपक्वतामा ठूलो भूमिका खेल्दछ । कफीको बोक्राबाट रक्सी बनाउने प्रक्रिया साधारण जस्तो देखिन सक्छ, तर यसमा धेरै ध्यान दिनु आवश्यक छ । कफी बोक्राको चयनदेखि परिपक्वता प्रक्रियासम्म प्रत्येक चरणमा ध्यान दिनाले राम्रो र उच्च गुणस्तरीय रक्सी उत्पादन गर्न मद्दत गर्छ । उचित प्रक्रियाबाट रक्सी बनाउँदा, यसले न केवल स्वाद र गुणस्तरमा वृद्धि गर्छ, बरु यसले बजारमा प्रतिस्पर्धात्मक फाइदा पनि प्रदान गर्दछ ।

विश्वभरि कफीको बोक्राबाट बनेका रक्सीका केही प्रसिद्ध ब्राण्डहरू रहेका छन् । यी रक्सीहरू प्रायः कफीको बोक्रालाई किण्वन र डिस्टिलेसन प्रक्रियाबाट अल्कोहल उत्पादन गर्नका लागि प्रयोग गरिन्छ । यहाँ केही उदाहरण छन् :

१) Coffey’s Coffee Liquor :  जापानमा यो कफी लिकर कफीको बोक्राबाट बनाइन्छ र यसको विशिष्ट स्वाद र अल्कोहल सामग्रीका लागि प्रसिद्ध छ । यसले कफी र अल्कोहलको मिक्स प्रयोगकर्ता अनुभवको एक अनौठो संयोजन प्रस्तुत गर्दछ ।

२)  Kopi Luwak Wine : इन्डोनेशियामा यो कफी लुवाक कफीको बोक्राबाट बनेको रक्सी हो । कफी लुवाक कफीको उत्पादन प्रक्रिया विशेष छ, जहाँ कफी फललाई लुवाक नामक जनावरले पचाउँछ र त्यसपछि त्यही पिँडीलाई सङ्कलन गरेर कफी बनाइन्छ । त्यसपछि यस कफीको बोक्राबाट रक्सी बनाइन्छ ।

३) Coffea’s Distiflled Coffee Liqueur : उत्पत्ति स्थान बेल्जियममा यस ब्राण्डको रक्सी कफीको बोक्रा र कफी फलहरूबाट किण्वन र डिस्टिलेसन प्रक्रियाबाट तयार गरिन्छ । यसको स्वाद मीठो र कफीको विशिष्ट गन्धले भरिपूर्ण हुन्छ ।

४) Café XO :  उत्पत्ति स्थान अमेरिकाको क्यालिफोर्नियामा कफीमा आधारित यो रक्सी विशेषत कफीको बोक्राबाट बनाइन्छ र यसको स्वादमा मिठास र मसालेदार गुण हुन्छ ।

यी ब्राण्डहरूले कफीको बोक्राबाट बनेको रक्सीले विश्व बजारमा लोकप्रियता पाएका छन् । कफी लभर्स र रक्सी प्रयोगकर्ताहरू बीचमा यसको विशेष स्थान छ । यद्यपि, यी ब्राण्डहरूको उत्पत्ति र उत्पादन विधीले विभिन्न प्रक्रिया र स्वादमा भिन्नता ल्याउन सक्छ ।

स्थानीय तहले के गर्न सक्छ ?

कफीको बोक्राबाट बनेको रक्सीको प्रवद्र्धनका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कफी खेती गर्ने किसानहरूलाई आर्थिक लाभ दिनुका साथै नयाँ उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्न पनि यसको उपयोग गर्न सकिन्छ । यहाँ स्थानीय तहले गर्न सक्ने केही कदमहरू उल्लेख छन् ।

कृषकहरूलाई प्रोत्साहन र तालिम दिएर : कफी खेती गर्ने किसानहरूलाई कफीको बोक्राको उपयोगिताबारे जानकारी दिन सकिनेछ । रक्सी बनाउन आवश्यक सामग्री, उपकरण र किण्वन प्रक्रियाबारे तालिम प्रदान गर्न सकिन्छ । कफीको बोक्रालाई प्रबन्धित गरेर नयाँ उत्पादन प्रक्रियामा लैजाने उपाय सिकाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै कफीको बोक्राबाट रक्सी उत्पादन गर्न साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्न सकिन्छ । सहकारी संस्था गठन गरी सामूहिक उत्पादन र विक्रीका लागि सहकार्य गर्ने वातावरण बनाउन सकिन्छ  एक गाउँ, एक उत्पादन अभियान अन्तर्गत यसलाई प्राथमिकता दिन सकिन्छ ।

बजार व्यवस्थापनमा सहजीकरण गर्दै स्थानीय स्तरमै रक्सी उत्पादन र विक्रीका लागि बजारको व्यवस्था गर्नुपर्छ । कफीको बोक्राबाट बनेको रक्सीको गुणस्तर सुनिश्चित गर्न ब्रान्डिङ र प्याकेजिङमा सहयोग गर्नुपर्छ । उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने माध्यमहरू तयार पार्नु पर्नेछ ।

वित्तीय सहयोग गर्दै किसान र उद्यमीहरूलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याउन सकिन्छ । उत्पादन, प्रशोधन र डिस्टिलेसनका लागि आवश्यक उपकरण खरिद गर्न सब्सिडी प्रदान गर्नुपर्छ । अनुदान वा प्रोत्साहन प्याकेजमार्फत उत्पादन लागत घटाउन सहयोग गर्नुपर्छ ।

नीतिगत सहयोगमार्फत स्थानीय स्तरमा रक्सी उत्पादन सम्बन्धी नीतिहरूमा स्पष्टता ल्याउनु पर्छ । कानुनी रूपमा उत्पादन र विक्री प्रक्रिया सहज बनाउन नीतिगत सहजीकरण आवश्यक छ । वातावरणमैत्री उत्पादन प्रणाली अपनाउन र गुणस्तर मापदण्ड पालना गर्न प्रोत्साहन गर्नुपर्छ ।

गुणस्तर प्रवद्र्धन र अनुसन्धानका माध्यमबाट स्थानीय रक्सी उत्पादनको गुणस्तर सुधार गर्न अनुसन्धान तथा विकासमा लगानी गर्नुपर्छ । कफी बोक्राबाट उत्पादित रक्सीको स्वाद, अल्कोहल मात्रा र बजार माग बुझ्न अध्ययन गर्न सकिन्छ । अनुसन्धान केन्द्र र विश्व विद्यालयहरूसँग सहकार्य गरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।

पर्यटनसँग जोड्ने प्रयास अर्थात् आफ्नो पालिका भित्र रहेका होमस्टेहरुमा कफी र रक्सी उत्पादनलाई पर्यटन प्रबद्र्धनको एक भाग बनाउन सकिन्छ । स्थानीय रक्सी उद्योगलाई पर्यटकहरूका लागि आकर्षक बनाउने गरी परिकल्पना गर्नुपर्छ । कफी र रक्सीको उत्पादन प्रक्रिया हेर्ने, स्वाद परीक्षण गर्ने र किसानहरूसँग अन्तक्र्रिया गर्ने विशेष कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

सञ्चार र प्रवद्र्धन अभियान गरेर कफीको बोक्राबाट बनेको रक्सीका फाइदाबारे जनचेतना फैलाउन स्थानीय रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्म प्रयोग गर्न सकिन्छ । मेलामा स्टल राखेर रक्सीको प्रदर्शन र बिक्री गर्न सकिन्छ । स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरका प्रदर्शनी र मेला–कार्यक्रममा सहभागी गराउनुपर्छ । स्थानीय तहले यी कामहरू गरेमा कफी बोक्राबाट बनेको रक्सी उद्योग फस्टाउन सक्छ, जसले किसानहरूको आयमा वृद्धि, रोजगारी वकफीको बोक्राबाट बनेको रक्सीको प्रवद्र्धनका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कफी खेती गर्ने किसानहरूलाई आर्थिक लाभ दिनुका साथै नयाँ उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्न पनि यसको उपयोग गर्न सकिन्छ ।

स्थानीय तहले कृषकहरूलाई प्रोत्साहन र तालिम दिनु पर्दछ । कफी खेती गर्ने किसानहरूलाई कफीको बोक्राको उपयोगिताबारे जानकारी दिन सकिने छ । रक्सी बनाउन आवश्यक सामग्री, उपकरण र किण्वन प्रक्रियाबारे तालिम प्रदान गर्न सकिन्छ । कफीको बोक्रालाई प्रबन्धित गरेर नयाँ उत्पादन प्रक्रियामा लैजाने उपाय सिकाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

स्थानीय उद्यमशीलतालाई प्रोत्साहन : कफीको बोक्राबाट रक्सी उत्पादन गर्न साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्न सकिन्छ । सहकारी संस्था गठन गरी सामूहिक उत्पादन र बिक्रीका लागि सहकार्य गर्ने वातावरण बनाउन सकिन्छ ।

‘एक गाउँ, एक उत्पादन’ अभियान अन्तर्गत यसलाई प्राथमिकता दिन सकिन्छ । स्थानीय स्तरमै रक्सी उत्पादन र विक्रीका लागि बजारको व्यवस्था गर्नुपर्छ । कफीको बोक्राबाट बनेको रक्सीको गुणस्तर सुनिश्चित गर्न ब्रान्डिङ र प्याकेजिङमा सहयोग गर्नुपर्छ । उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने माध्यमहरू तयार पार्नुपर्नेछ ।

वित्तीय सहयोगः  किसान र उद्यमीहरूलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याउन सकिन्छ । उत्पादन, प्रशोधन र डिस्टिलेसनका लागि आवश्यक उपकरण खरिद गर्न अनुदान दिन सकिन्छ । अनुदान वा प्रोत्साहन प्याकेज मार्फत उत्पादन लागत घटाउन सहयोग गर्नुपर्छ ।

नीतिगत सहयोग : स्थानीय स्तरमा रक्सी उत्पादन सम्बन्धी नीतिहरूमा स्पष्टता ल्याउनुपर्छ । कानुनी रूपमा उत्पादन र बिक्री प्रक्रिया सहज बनाउन नीतिगत सहजीकरण आवश्यक छ । वातावरणमैत्री उत्पादन प्रणाली अपनाउन र गुणस्तर मापदण्ड पालना गर्न प्रोत्साहन गर्नुपर्छ ।

गुणस्तर प्रवद्र्धन र अनुसन्धान : स्थानीय रक्सी उत्पादनको गुणस्तर सुधार गर्न अनुसन्धान तथा विकासमा लगानी गर्नुपर्छ । कफी बोक्राबाट उत्पादित रक्सीको स्वाद, अल्कोहल मात्रा र बजार माग बुझ्न अध्ययन गर्न सकिन्छ । अनुसन्धान केन्द्र र विश्व विद्यालयहरूसँग सहकार्य गरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।

पर्यटनसँग जोड्ने प्रयास : कफी र रक्सी उत्पादनलाई पर्यटन प्रवद्र्धनको एक भाग बनाउन सकिन्छ । स्थानीय रक्सी उद्योगलाई पर्यटकहरूका लागि आकर्षक बनाउने गरी परिकल्पना गर्नुपर्छ । कफी र रक्सीको उत्पादन प्रक्रिया हेर्ने, स्वाद परीक्षण गर्ने र किसानहरूसँग अन्तक्र्रिया गर्ने विशेष कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

सञ्चार र प्रवद्र्धन अभियान : कफीको बोक्राबाट बनेको रक्सीका फाइदाबारे जनचेतना फैलाउन स्थानीय रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्म प्रयोग गर्न सकिन्छ । मेलामा स्टल राखेर रक्सीको प्रदर्शन र विक्री गर्न सकिन्छ । स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरका प्रदर्शनी र मेला–कार्यक्रममा सहभागी गराउनुपर्छ ।

स्थानीय तहले यी कामहरू गरेमा कफीको बोक्राबाट बनेको रक्सी उद्योग फस्टाउन सक्छ, जसले किसानहरूको आयमा बृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने छ । नेपालमा खेरा गएको ठूलो मात्राको कफीको बोक्रालाई उपयोग गरेर ग्रामिण क्षेत्रको आर्थिक  विकासमा योगदान  दिन सकिन्छ  कि ? यसतर्फ सबैको ध्यान जावोस् ।

(प्रस्तुत लेख ऐक्यबद्धता मासिकको २०८१ माघ अंकमा पनि पढ्न सक्नुहुनेछ । )

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४० मा प्रकाशित

एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगले एन्टिबायोटिक प्रतिरोध निम्त्याउन सक्छ

एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगले एन्टिबायोटिक प्रतिरोध निम्त्याउन सक्छ

एन्टिबायोटिक्स भनेको मानिस र जनावर दुवैमा ब्याक्टेरियाको संक्रमणको उपचार गर्न...

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदुषण जनस्वास्थ्यमा एउटा गम्भिर समस्याको रुपमा देखा परेको छ...

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी भनेको आपसी हितका लागि व्यक्तिहरूको समूहको स्वामित्वमा रहेको र...

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास...

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

कारण र प्रभाव सम्बन्ध घटना वा कार्यहरू बीचको सम्बन्ध हो...

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

म सानै उमेरदेखि राजनीतिमा चासो राख्दथे। तत्कालिन समयमा जहानिया निरंकुश...