back

अवैध विद्युतीय चुरोट ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग

वि.सं.२०८१ चैत ७ बिहीवार

327 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौं आउँदै गरेको गाडीमा अवैध भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गङ्गा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौं आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गरे ।

सांसद मनिष झाले केही दिनअघि समातिएको रु २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गरे । भरिया समातेर कालाबजारिया संरक्षण नगर्न उनले ध्यानाकर्षण गराए । यसअघिका यस्तै घटनामा भरिया समातिए पनि अवैध सामान ल्याउने मालिकलाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाए । बाह्रबिसेमा समातिएको अवैध भेप भित्र्याउनेलाई कारबाही गर्न सांसद झाले माग गरे ।

 

वि.सं.२०८१ चैत ७ बिहीवार १४:२८ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...