back
CTIZAN AD

अवैध विद्युतीय चुरोट ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग

वि.सं.२०८१ चैत ७ बिहीवार

696 

shares

काठमाडौं । सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौं आउँदै गरेको गाडीमा अवैध भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गङ्गा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौं आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गरे ।

सांसद मनिष झाले केही दिनअघि समातिएको रु २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गरे । भरिया समातेर कालाबजारिया संरक्षण नगर्न उनले ध्यानाकर्षण गराए । यसअघिका यस्तै घटनामा भरिया समातिए पनि अवैध सामान ल्याउने मालिकलाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाए । बाह्रबिसेमा समातिएको अवैध भेप भित्र्याउनेलाई कारबाही गर्न सांसद झाले माग गरे ।

वि.सं.२०८१ चैत ७ बिहीवार १४:२८ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...