back
CTIZAN AD

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वि.सं.२०८१ चैत ८ शुक्रवार

678 

shares

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताए ।

प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, “म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न । म जनतासँगै रहन्छु । जनताका समस्या सदनमा उठाउँछु ।”

पूर्वप्रधानमन्त्री दाहालले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्काे भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गर्नुभयो । “हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,” उनले भने ।

अध्यक्ष दाहालले पत्रकार सम्मेलनअघि वीरगञ्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताए ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले वीरगञ्जको मुख्य सडक छेउमा बसोबास गर्ने जनतालाई विस्थापित गर्न नहुने धारणा राख्नुभयो । “वीरगञ्जमा बाइपासलगायत ठूला संरचनाका सडक तयार भइसकेका छन् । तर जनतालाई विस्थापित गर्ने गरी सडक विस्तार अभियान अघि बढाउन हुँदैन,” उनले भने ।

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:४४ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...