back

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्क

वि.सं.२०८१ चैत ९ शनिवार

1K 

shares
GLOBAL IME AD
NTC AD

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा तुलाधरलाई स्वागत तथा भेट्घाट गरेको छ।

नवनियुक्त राजदूतलाई स्वागत गर्दै जनसम्पर्क समिति डेनमार्कका सभापति बुद्धिप्रसाद सापकोटाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । साथै उनले दूतावासलाई सम्पूर्ण साथ र सहयोग गर्दै नेपाली समुदायको हितको लागि दुतावाससंग सहकार्य गर्न संस्था हरदम तयार रहेको बताए ।

उक्त स्वागत तथा भेट्घाट कार्यक्रममा नवनियुक्त राजदूत सुम्निमा तुलाधरले यसरी संस्थाबाट भेट्न आउँदा आफूलाई अत्यन्तै खुसी लागेको र संस्थासँग सहकार्य गर्न सधैं तत्पर रहेको बताइन् ।

सो अवसरमा जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति नवीनराज पौडेल, जय नेपाल फाउन्डेसनकी अध्यक्ष सीता बराल तथा महिला सामाजिक अभियान्ता तथा एनआरएन डेनमार्क पूर्व महिला उपाध्यक्ष जमुना रिजाल कंडेल समेतले राजदूत तुलाधरलाई स्वागत गर्दै महिला राजदूत पाएकोमा डेनमार्कको नेपाली समाजले गौरवको महसुस गरेको बताए ।

सो अवसरमा राजदूत तुलाधरले नेपालमा रहँदा आफूले गरेका केही सामाजिक कामहरु साथै देशको लागि गरेका केही महत्वपूर्ण घटनाहरूको बारेमा बताएकी थिइन।

उक्त स्वागत कार्यक्रममा एन आर एनए डेनमार्कका निवर्तमान अध्यक्ष शैलेन्द्र अधिकारी, जनसम्पर्क समिति डेनमार्कका पुर्व सभापति रामचन्द्र पाठक, कास्की समाज डेनमार्कका अध्यक्ष मंगल परियार लगायत जनसम्पर्क समिति डेनमार्कका वरिष्ठ उपसभापति प्रकाश ढकाल तथा महामन्त्री कृष्ण गिरीले समेत राजदूत तुलाधरलाई स्वागत गर्दै सफल कार्यकालको लागी शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०८१ चैत ९ शनिवार १७:०६ मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...