back
CTIZAN AD

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्क

वि.सं.२०८१ चैत ९ शनिवार

1.6K 

shares

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा तुलाधरलाई स्वागत तथा भेट्घाट गरेको छ।

नवनियुक्त राजदूतलाई स्वागत गर्दै जनसम्पर्क समिति डेनमार्कका सभापति बुद्धिप्रसाद सापकोटाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । साथै उनले दूतावासलाई सम्पूर्ण साथ र सहयोग गर्दै नेपाली समुदायको हितको लागि दुतावाससंग सहकार्य गर्न संस्था हरदम तयार रहेको बताए ।

उक्त स्वागत तथा भेट्घाट कार्यक्रममा नवनियुक्त राजदूत सुम्निमा तुलाधरले यसरी संस्थाबाट भेट्न आउँदा आफूलाई अत्यन्तै खुसी लागेको र संस्थासँग सहकार्य गर्न सधैं तत्पर रहेको बताइन् ।

सो अवसरमा जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति नवीनराज पौडेल, जय नेपाल फाउन्डेसनकी अध्यक्ष सीता बराल तथा महिला सामाजिक अभियान्ता तथा एनआरएन डेनमार्क पूर्व महिला उपाध्यक्ष जमुना रिजाल कंडेल समेतले राजदूत तुलाधरलाई स्वागत गर्दै महिला राजदूत पाएकोमा डेनमार्कको नेपाली समाजले गौरवको महसुस गरेको बताए ।

सो अवसरमा राजदूत तुलाधरले नेपालमा रहँदा आफूले गरेका केही सामाजिक कामहरु साथै देशको लागि गरेका केही महत्वपूर्ण घटनाहरूको बारेमा बताएकी थिइन।

उक्त स्वागत कार्यक्रममा एन आर एनए डेनमार्कका निवर्तमान अध्यक्ष शैलेन्द्र अधिकारी, जनसम्पर्क समिति डेनमार्कका पुर्व सभापति रामचन्द्र पाठक, कास्की समाज डेनमार्कका अध्यक्ष मंगल परियार लगायत जनसम्पर्क समिति डेनमार्कका वरिष्ठ उपसभापति प्रकाश ढकाल तथा महामन्त्री कृष्ण गिरीले समेत राजदूत तुलाधरलाई स्वागत गर्दै सफल कार्यकालको लागी शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०८१ चैत ९ शनिवार १७:०६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...