back
CTIZAN AD

कुलमान प्रकरणः सरकारको कलाविहीन नाटक

वि.सं.२०८१ चैत १३ बुधवार

2.7K 

shares

यो देशमा असल काम गर्ने मानिसले वास्तबमा कहिल्यै सम्मान पाउन सकेन । भीम मल्ल, भीमसेन थापा, माथवरसिंह थापा आदि जस्ता देशभक्तहरुले निरङकुश शासकको हातबाट काटिनु प¥यो र उनीहरुका सती गएका पत्नीले “राम्रो काम गर्नेलाई कहिल्यै भलो नहोस्” भन्ने सतीको सराप आजसम्म लागेकै हो त ?

कुनै पनि देशको विकास हुनुको पछाडि कुशल नेतृत्व, विधिको शासन, जनमूखिनीति, नियम, सुशासन, पारदर्शिता, सदाचार, अनुशासन, श्रमको सम्मान, टीम स्प्रीट, सिर्जनशीलता, जिम्मेदारीता, नतिजामा आधारित कार्य, देश र जनताप्रति प्रेम आदि हुन् । हरेक सचेत नागरिकको मानस्पटलमा हाम्रो देशले किन विकासको छलाङ मार्न सकेन ? हामी किन गरिब भयौं ? हामी के कुरामा चुकेका छौं भन्ने प्रश्न सधैं वहसको सवाल बन्ने गरेको छ । यो देशमा असल काम गर्ने मानिसले वास्तबमा कहिल्यै सम्मान पाउन सकेन । भीम मल्ल, भीमसेन थापा, माथवरसिंह थापा आदि जस्ता देशभक्तहरुले निरङकुश शासकको हातबाट काटिनु प¥यो र उनीहरुका सती गएका पत्नीले “राम्रो काम गर्नेलाई कहिल्यै भलो नहोस्” भन्ने सतीको सराप आजसम्म लागेकै हो त ? बहुसङख्यक नेपाली जनताको मन, मुटुमा उज्यालोका नायकका रुपमा बास गरेका कुलमान घिसिङ पनि राम्रो काम गर्दा गर्दै यसरी नै शिकार भएका छन् । वर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकार गठन भएको पहिलो दिनदेखि नै कुलमान हटाउने मिसन चालु हुनुले यो सरकारको नियत के रहेछ भन्ने प्रष्ट हुन्छ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत २४ सै घण्टा विद्युत् उपभोग गरेर पनि सम्झौता अनुसारको प्रिमियम महसुल नतिरेका उद्योगीसँग बक्यौता उठाउन खोज्दा प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का घिसिङमाथि जाई लागेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमै प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमानलाई पदबाट हटाउने निर्णय गरेका हुन् । हुनत कुलमान घिसिङलाई देवत्वकरण गर्नुपर्ने कुनै कारण छैन । हरेक मानिसका सकारात्मक र नकारात्मक दुबै पाटा हुन्छन् । उनी पनि दुधले नुहाएका व्यक्ति नहुन पनि सक्छन् । तथापी जनताको नजरमा कुलमान लोकप्रिय नै छन् ।

 जनताको आकांक्ष, युवावर्गको चरम निरासा, देशको संवेदनशील अवस्था, भूराजनीति समेत नबुझी शासनमा रहने महत्वाकांक्षाले दलमात्र नभई व्यवस्थाकै विरुद्धमा आन्दोलनको उभार उठ्ने प्रवल सम्भावना छ । यो आधिवेहेरीले कहाँ कहाँ विध्वस गर्ने हो सत्ताको चासनीमा डुबेकाहरुले कति विचारपूर्वक काम गरेका छन यसको नतिजा अब केहीदिन मै देख्न पाइनेछ ।

देशका प्रायः धेरैजसो सरकारी निकाय र संस्थानहरू अविश्वसनीय र धराशायी रहेको बेलामा विद्युत् प्राधिकरण भने बलियो र विश्वसनीय हुँदै जानुमा कुलमानको नेतृत्व नै प्रमुख कारण रहेको कुरामा कुनै शंका छैन । कामगर्न चाह्यो भने असम्भव छैन र गर्न सकिन्छ भनेर कुलमानले उदाहरणनीय नजीर पेश गरेका छन् । नेपालमा आजभन्दा आठ वर्षपहिले बिजुलीको पहुँच कस्तो थियोे र अहिले कस्तो छ, हामी सबैको आँखा अगाडि नै दिनको घाम जतिकै छर्लङ्ग छ ।

 कुलमान नेपाल विद्युत् प्राधिकरणमा नियुक्त हुनुअघि विद्युत् उत्पादन बर्खामा ८ सय मेघावाट र हिउँदमा जम्मा ३ सय मेघावाट रहेकोे थियोे । अहिले बर्खामा ३५ सय मेघावाट र हिउँदमा १७ सय मेघावाट उत्पादन भइरहेको छ । कुलमान आउनुपूर्व नेपालमा विद्युतीकरण ५८ प्रतिशत थियोे र अहिले करिब ९९ प्रतिशतमा पुगेको छ । त्यस्तै, आठ वर्ष पहिले २९ लाख ७० हजार ग्राहक रहेकामा अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेका छन् । कुलमान आउनुअघि ३ अर्ब ७२ करोड युनिट खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । त्यतिबेला प्रति व्यक्ति ऊर्जा खपत १३१ युनिट हुने गरेकामा अहिले ४०० युनिट पुगेको देखिन्छ । आठ वर्षपहिले ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । अहिले प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ । प्राधिकरणले करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ कायम गरी ऊर्जा निःशुल्क गरिएको छ । कुलमानले आफ्नो आठ वर्षको कार्यकालमा यी बाहेक थुप्रै उपलब्धि विद्युत् प्राधिकरणमा हासिल गरेका देखिन्छन् ।

उनकै कार्यकालमा भारत र बंगलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात पनि सुरु भएको छ । कात्तिक ०७८ देखि भारत र कात्तिक ०८१ देखि बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको छ । आठवर्ष अघिसम्म विद्युत् चुहावट २५.७८ प्रतिशत थियो भने गत आवमा त्यो १२.७३ प्रतिशतमा सीमित भएको छ । गत आवमा प्राधिकरण खुद् विद्युत् निर्यातकर्ता बनेको छ । गत आवमा १६ अर्ब ९४ करोड रुपैयाँको विद्युत् आयात हुँदा निर्यात १७ अर्ब सात करोड रुपैयाँको भएको देखिन्छ, जुन आयातभन्दा १३ करोड रुपैयाँ बढी रहेको पाइन्छ । प्राधिकरणले पछिल्लो आठ वर्षको अवधिमा प्रसारण लाइनमा पनि धेरै काम गरेको देखिन्छ । आठ वर्षअघि दुई हजार नौ सय सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले बढेर सातहजार सर्किट किलोमिटर पुगेको छ । पहिला नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा १३२ केभी क्षमताका मात्रै प्रसारण लाइन थिए । अहिले ४०० केभी र २२० केभीका प्रसारण लाइन पनि सञ्चालनमा छन् ।

आजको राजनीतिमा इमानदारिता, मूल्य–मान्यता, आदर्श, सिद्धान्त र विचार भन्ने कुरा अलप हुँदै गएको छ । किन मन्त्री बन्ने भन्दा ‘लुट्न र कमाउन’ भन्ने कुराले कहिल्यै देश बन्छ ? अहिले नेपालको राजनीति दलाल र बिचौलियाको हातमा पुगेकै कारण कुनै स्वच्छ कर्मचारीले इमानदारीपूर्वक काम गर्ने अवस्था छैन । विगतबाटै प्रधानमन्त्री देखिमन्त्रीहरू बिचौलियाबाट परिचालित भएकै कारण देशका आर्थिक सूचकांकहरू निकै दयनीय हुँदै गएका छन् । सम्पूर्ण राज्य संरचना नै निश्चित व्यक्तिको चंगुलमा फस्दै गएको छ । आगामी साउन महिनामा स्वतः कार्यकाल सकिन लागेका कुलमानलाई हटाउन जसरी सत्ताधारीहरु टुप्पी कसेर लागि परे, त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह भएको छ । यो घटनाले जनताको असन्तोष र निराशालाई भड्काउने नै छ । जलविद्युतका ठूला परियोजनाहरु सञ्चालन हुन लागेको अवस्थामा आफू र आफ्ना कार्यकर्ता पोस्ने षड्यन्त्रमा सरकारले जुन हर्कत गरेको छ, यो कलाविहीन नाटक हो । गुलियोको लोभले झिंगा महमा फसेजस्तै सरकार आफ्नै कारणले संकटमा पर्दैछ । आम जनताले पहिले जस्तै भयानक लोडसेडिङ भोग्नुपर्ने अवस्था आउने आशंका बढेर गएको छ । त्यो कुराको संकेत त हालका उर्जामन्त्री आफैंले पनि सार्वजनिक गरिसकेका छन् । प्रतिगामी तत्वहरु लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्तपार्न खोजी रहेको अवस्थामा कुलमान प्रकरणले आगोमा पेट्रोल छर्कने काम गरेको छ ।

यतिबेला व्यवस्थाका विरुद्धमा चौतर्फी आन्दोलनको तयारी देखिन्छ । हाल सालै संसदमा ल्याइएका कतिपय विधेयकका कारण जनमानस सरकारका विरुद्धमा छ । सुशासनका सन्दर्भमा सरकारले आशातीत कामगर्न नसकेकै कारण जनता रुष्ट छन् । जनताको आकांक्ष, युवावर्गको चरम निरासा, देशको संवेदनशील अवस्था, भूराजनीति समेत नबुझी शासनमा रहने महत्वाकांक्षाले दलमात्र नभई व्यवस्थाकै विरुद्धमा आन्दोलनको उभार उठ्ने प्रवल सम्भावना छ । यो आधिवेहेरीले कहाँ कहाँ विध्वस गर्ने हो सत्ताको चासनीमा डुबेकाहरुले कति विचारपूर्वक काम गरेका छन यसको नतिजा अब केहीदिन मै देख्न पाइनेछ । अंक गणितको खेलमा दुई तिहाई बहुमतको चरीफुरी गर्नेहरुले जनताको आक्रोश कसरी व्यवस्थापन गर्ने हुन यो हेर्न लायक नै हुनेछ ।

अस्तु

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२९ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...