काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । बुधबार सुन एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । आज चाँदी दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८१ चैत १४ बिहीवार ११:४९ मा प्रकाशित





























