काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य अनुसार रायोको सागको मूल्य बढेको छ ।
बजारमा रायोको साग गत साताको तुलनामा दोब्बर मूल्यले बढेको छ ।
आज कालीमाटी बजारमै रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ९० रुपैयाँ तोकेको छ । बुधबार भने रायो साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको थियो ।
एक साताअघि कालीमाटी बजारमा रायोको प्रतिकिलो थोक मूल्य ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको थियो ।
व्यवसायीका अनुसार अहिले बजारमा रायोको सागको आपूर्ति कम भएकाले मूल्य बढेको हो । रायोको सागको सिजन सकिन लागेकोले थोरै मात्रामा मात्रै साग बजारमा भित्रिएको उनीहरू बताउँछन् ।
वि.सं.२०८१ चैत १४ बिहीवार १२:०१ मा प्रकाशित






























