back
CTIZAN AD

मनाङमा गोदामघर निर्माण गरिँदै

वि.सं.२०८१ चैत १७ आइतवार

678 

shares

मनाङ । जिल्लाका सबै पालिकामा गोदामघर निर्माण गरिने भएको छ । गृह मन्त्रालयको निर्णयानुसार विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका चारवटै पालिकामा गोदामघर निर्माण गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्मा जिल्लावासीलाई सुरक्षित राख्न गोदामघर निर्माण गर्ने निर्णय भएको हो । चारवटै पालिकामा खुला क्षेत्र पहिचान गरी विपद्का बेला उपयोग गर्नेगरी आवश्यक सामग्री र सुरक्षित बसोबासका लागि गोदामघर निर्माण गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताए ।

उनले भने, “गृहमन्त्रालयबाट निर्देश भएअनुसार सुरक्षालाई मध्यनजर गरी गोदामघर निर्माण गर्न खुला क्षेत्र पहिचान गर्ने तयारीमा छौँ । विपद्मा आमनागरिकलाई आवश्यक सामग्री र बस्ने व्यवस्थाका लागि गोदामघर सहयोगी बन्ने विश्वास छ ।” विगतमा भएका विपद्मा खाद्यान्न अभाव भएजस्तो समस्या आउनबाट रोक्न गोदामघर सहयोगी बन्ने उनको भनाइ छ ।

गत वर्षको वर्षामा तिमाङको पुल नजिक थुप्रिएका अनावश्यक वस्तु हटाएर बाटोलाई सहज बनाउनुका साथै थप क्षति हुुनबाट जोगाउन सम्बन्धित निकायलाई पत्रचार गरिएको प्रजिअ आचार्यले बताए । “साँघुरो सडकमा सामग्री राख्दा यात्रुलाई समस्या हुने गरेको छ, यसको समाधानमा जुटेका छौँ”, उनले भने ।

इलाका प्रहरी कार्याललाई तिमाङमा रहेको पाँच रोपनी क्षेत्रफलमा तिमाङ पुलमा थुप्रिएका अनावश्यक वस्तु स्थान्तरण गर्ने तयारी गरिएको उनले बताए । यसले स्थानीयका साथै प्रहरीलाई पनि सुरक्षित बनाउने उनको विश्वास छ । रासस/फाइल फोटो

वि.सं.२०८१ चैत १७ आइतवार १२:५५ मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...