back
CTIZAN AD

अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी

वि.सं.२०८१ चैत २० बुधवार

798 

shares

जनकपुरधाम । धनुषाको एक पालिकामा गैरकानुनी तथा अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ ।

पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए ।

बन्द गराइएका निजी विद्यालयमा न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशालालगायत एक दर्जन विद्यालय बन्द गराइएको उनले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापन गर्न अधिकार स्थानीय तहलाई रहेको छ ।

सोही अनुरुप शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले आफ्नो पालिकाले कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । पालिका अध्यक्ष यादवले गैकानुनी रुपमा सञ्चालनमा रहेका विद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि भर्ना नगर्न अभिभावकलाई आग्रह गरे । साथै उनले विद्यालय सञ्चालकलाई कानुनी प्रक्रिया तथा मापदण्डअनुसार दर्ता गरी विद्यालय सञ्चालन गर्नका लागि निर्देशन गरे ।रासस

 

वि.सं.२०८१ चैत २० बुधवार १५:१९ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...