back

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

वि.सं.२०८१ चैत २७ बुधवार

1.4K 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ । अप्रिल ७ तारिखसम्म तय भएको सदस्यता आवेदनको समय सकिएकाले डेलिगेट्स दर्ताका लागि निवेदन दिन पनि समितिले सबैलाई अपिल गरेको हो ।

उच्चस्तरीय समितिकी सदस्य सचिव एवं सदस्यता तथा डेलिगेट्स उपसमिति संयोजक जानकी गुरुङले मंगलबार एक विज्ञप्ति प्रकाशित गरेर मे ३–५, २०२५ मा काठमाडौंमा हुने महाधिवेशनका लागि तयारी तीव्र भइरहेको जानकारी गराउँदै सदस्यताको लागि प्राप्त निवेदनहरुको छानविन गरेर पारदर्शी तरिकाले प्रकाशित गरिने बताइन् ।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले पारदर्शी तरिकाले काम गरिरहेको बताउँदै सवै विवरण वेवसाइटमा सार्वजनिक हुने भएकाले कुनै पनि भ्रममा नपर्न पनि गुरुङले आग्रह गरिन् । उनले भनिन्, ‘अब सदस्यताको काम सकिएको छ, सचिवालयले छानविन गरेर सार्वजनिक गर्छ । अब सम्पूर्ण ध्यान २२ अप्रिलसम्म डेलिगेट्समा केन्द्रीत हुन्छौं ।’ उच्चस्तरीय समितिकै वेवसाइट  www.nrnahlc.com  मार्फत डेलिगेट्समा दर्ता हुनका लागि अप्रिल १ तारिखदेखि खुला गरिसकिएको छ ।

केही सामाजिक सञ्जालमा उच्चस्तरीय समितिलाई जोडेर आएका सामग्रीप्रति पनि ध्यानाकर्षण भएको उनले बताइन् ।

नेपालको संसदद्वारा पारित गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ ले गरेको परिभाषा अन्तर्गत पर्ने, सार्क मुलुक बाहिर बसोबास गर्ने एनआरएनहरू मात्रै महाधिवेशनका लागि डेलिगेट्स बन्न पाउने विषय प्रष्ट रहेकोमा यो तथ्यलाई बङ्ग्याइ सार्क सदस्य मुलुकहरुबाट पनि सदस्यताका लागि निवेदन परेको भन्ने जस्ता समाचारहरू असत्य र आधारहीन भएको पनि उच्चस्तरीय समितिले स्पष्ट गरेको छ ।

वि.सं.२०८१ चैत २७ बुधवार ०९:०१ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...