back
CTIZAN AD

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने युवक पक्राउ

वि.सं.२०८१ चैत २९ शुक्रवार

2K 

shares

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने एक युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीसँग विगतमा प्रेम सम्बन्ध रहेका युवकले सम्बन्ध विच्छेदपछि प्रतिशोधको भावना राखी युवतीका गोप्य तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

यस घटना सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दीपक राज अवस्थीले भने, ‘युवतीलाई मानसिक र सामाजिक रूपमा क्षति पु¥याउने उद्देश्यले युवकले सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गर्ने कार्य गरेका थिए । यस्तो आपराधिक क्रियाकलापको सम्बन्धमा अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो ।’

पक्राउ पर्ने व्यक्ति ललितपुर महानगरपालिका वडा नं. ४, शान्ति पथ मार्ग बस्ने २४ वर्षीय युवक हुन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८१÷१२÷२५ गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

पछिल्लो समय यो विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त विषयमा पीडितले उजुरी दिएको आधारमा प्रहरीले कारबाही गरेको बताएको छ । यस्ता साइबर अपराधका घटनामा कडाइका साथ कारबाही गरिने स्पष्ट पार्दै, सबैलाई सामाजिक सञ्जाल प्रयोग गर्दा अरूको गोपनीयता, प्रतिष्ठा र मर्यादाको सबैले  समान गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

वि.सं.२०८१ चैत २९ शुक्रवार १३:०४ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...