back
CTIZAN AD

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता

वि.सं.२०८१ चैत २९ शुक्रवार

591 

shares

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

युरोपेली सङ्घ (इयु)ले गत हप्ता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कले विश्व बजारलाई तल झारेको उथलपुथलको सामना गर्दै आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको छ ।

समाजवादी प्रधानमन्त्री सान्चेज दुई वर्षभन्दा कम समयमा तेस्रो पटक चीन भ्रमणमा आएका हुन् ।

स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरो (४९ अर्ब १० करोड डलर) को सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान बिक्री गर्छ ।

सान्चेजले सन् २०२४ सेप्टेम्बरमा चीनको आफ्नो अन्तिम भ्रमणमा युरोपेली सङ्घका बाँकी सदस्यहरूसँग सम्बन्ध तोडेका थिए र चिनियाँ विद्युतीय कारहरूमा उच्च भन्सार शुल्क लगाउने योजनामा पुनर्विचार गर्न र ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गरेका थिए ।

इयुले सरकार समर्थित चिनियाँ कम्पनीहरूबाट हुने अनुचित प्रतिस्पर्धाबाट युरोपेली उत्पादकहरूलाई जोगाउन भन्सार शुल्क आवश्यक रहेको तर्क गरेको थियो ।

उनको चीन भ्रमण भियतनामको भ्रमणपछि भएको हो । भियतनामको राजधानी हनोईमा बुधबार उनी र समकक्षी फाम मिन्ह चिन्हले व्यापक रणनीतिक साझेदारीको स्तरमा पु¥याउने उद्देश्यले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए । एएफपी

वि.सं.२०८१ चैत २९ शुक्रवार १४:५८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...