back
CTIZAN AD

नयाँ वर्षमा तनहुँमा ‘उकालो दौड’ प्रतियोगिता हुने

वि.सं.२०८१ चैत २९ शुक्रवार

651 

shares

तनहुँ । पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ वर्ष २०८२ को पहिलो दिन खुला उकालो दौड प्रतियोगिता हुने भएको छ । शुक्लागण्डकी नगरपालिका–२ स्थित अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुन लागेको हो ।

खेलकुदका माध्यमबाट भुजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रतियोगिताको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुन पाउनेछन् ।

पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोकसहित यहाँ रहेका पुराना सांस्कृतिक बस्ती, आदिवासी समुदायको संस्कृति, घरवास कार्यक्रम, ऐतिहासिकस्थलको अवलोकन र दृश्यावलोकनमार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङको विश्वास रहेको छ । दौड प्रतियोगिताका साथै गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुति प्रदर्शनलगायतका कार्यक्रम सञ्चालन गरिने क्लबका अध्यक्ष अनिल खनालले बताए ।

देशभरका २०० धावक सहभागी हुने अपेक्षा आयोजकको रहेको छ । उहाँले प्रतियोगितामा उत्कृष्ट २० जनासम्मलाई मेडलमार्फत सम्मान गरिने बताए । कार्यक्रमका प्रवक्ता तीर्थराज खनालले प्रतियोगितामा सहभागी भई विजेता हुने धावकलाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रथमसहित पाँचौँसम्मका धावकलाई क्रमशः रु ३३ हजार ३३३, रु २२ हजार २२२, रु ११ हजार १११, रु पाँच हजार ५५५ र रु तीन हजार ३३३ नगदसहित सम्मान गरिने उनले जानकारी दिए ।

कोत्रेचोकदेखि स्थानथोकसम्मको नौ किलोमिटरको दूरीमा प्रतियोगिता हुने जनाउँदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि रु २५० शुल्क लाग्ने बताए । उनले प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख लागत अनुमान गरिएको जनाए ।

क्लबले यसअघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारीलगायत विभिन्न कारणले रोकिएको प्रतियोगितालाई अब बर्सेनि निरन्तरता दिइने सो क्लबले जनाएको छ । शुक्लागण्डकी–२ भुजिकोट–स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका सुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँसको अवलोकनका साथै रमणीय ग्रामीण परिवेश हेर्न सकिन्छ ।

 

वि.सं.२०८१ चैत २९ शुक्रवार १५:०४ मा प्रकाशित

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...