back
CTIZAN AD

दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु

वि.सं.२०८१ चैत २९ शुक्रवार

630 

shares

काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईँविरुद्ध तीन वटा कसुरमा अनुसन्धान सुरु गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार उनी विरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ७ अनुसार राज्यविरुद्धको कसुर, सङ्गठित अपराध, र ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरिएको हो ।

एसएसपी विश्व अधिकारीका अनुसार अनुसन्धानको क्रममा अन्य कसुरहरू पनि थपिन सक्नेछ । चैत १५ मा प्रसाईँले चलाएको गाडीले प्रहरीलाई किच्न खोजेको आरोप छ । उनी र उनका सुरक्षा गार्ड झापा भद्रपुरबाट पक्राउ परेका हुन्, तर प्रहरी स्रोतका अनुसार उनी भारतको आसामबाट पक्राउ परेका थिए ।

तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने निजी सम्पत्तिमा क्षति पुगेको थियो । सो प्रदर्शनमा पूर्व राजा समर्थक अभियान ‘संयुक्त जनआन्दोलन समिति’ प्रमुख नवराज सुवेदी पनि सहभागी थिए ।

वि.सं.२०८१ चैत २९ शुक्रवार १५:२६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...