back
CTIZAN AD

इन्टरनेट शुल्क घटाउन आयोगको सरकारलाई सुझाव

वि.सं.२०८१ चैत २९ शुक्रवार

522 

shares

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सूचना प्रविधि ‘आईटी’ क्षेत्रको प्रभावकारिता बढाउन इन्टरनेट शुल्क घटाउने र पूर्वाधार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।

अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा सार्वजनिक संस्थाले नेपाली आईटी कम्पनीबाट सफ्टवेयर खरिद गर्नुपर्ने व्यवस्था गर्न, पाँच वर्षभित्र पूँजीगत बजेटको कम्तीमा १०५ आईटी पूर्वाधारमा लगानी गर्न र डिजिटल रूपान्तरण रणनीति अपनाउनुपर्ने सुझाव दिइएको छ ।

आयोगले एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्सजस्ता प्रविधिलाई समेट्ने नयाँ आईटी नीति आवश्यक रहेको बताएको छ । ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच बढाउन शुल्क घटाउने र दूरसञ्चार कोष प्रयोग गरी ब्रोडब्यान्ड विस्तार गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

साइबर सुरक्षा, नियमित विद्युत् आपूर्ति, डिजिटल साक्षरता कार्यक्रम, एकीकृत सफ्टवेयर प्रणाली, र सेवा उपयोगमा नागरिकको पहुँच सुनिश्चित गर्ने उपायहरू प्रतिवेदनमा समावेश छन् ।

साथै, प्रमुख सहरहरूमा सरकारी लगानीमा वर्किङ सेन्टर र महिलाका लागि होस्टल बनाउने, सबै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने सुझाव दिइएको छ । आयोगले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरी नयाँ संस्करण ल्याउन पनि सरकारलाई सुझाव दिएको छ ।

वि.सं.२०८१ चैत २९ शुक्रवार १६:४६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...