back
CTIZAN AD

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

वि.सं.२०८२ वैशाख १ सोमवार

756 

shares

मान्म (कालीकोट) । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । जिल्ला कारागारमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका हुन् । जिल्ला कारागारको क्षमता १५ जना पुरुष र सातजना महिला गरी २२ जनाको हो ।

कारागारमा क्षमताभन्दा कैदीबन्दी कारागारमा राखिएको जिल्ला कारगार कार्यालयका प्रमुख जेलर मानबहादुर विकले बताए । “भवन पनि पुरानो छ । भूकम्प आएको खण्डमा कैदीको जीवन निकै जोखिममा छ,” उनले भने,“पुरानो भवन त्यसैमा साँघुरो भएकाले बैदीबन्दीको जीवन थप कष्टकर भइरहेको छ ।”

जिल्ला कारागारको नयाँ भवन निमार्णका लागि एक पटक बजेटको व्यवस्थापन भएको र कैदीबन्दी राख्ने अर्को कुनै विकल्प नभएकाले पुरानो भवन भत्काउने अवस्था नभएको जेलर विकले बताए । “बजेट रु एक करोड फिर्ता गयो,” उनले भने, “कारागारभित्रको माथिल्लो क्षेत्र निकै भिरालो भएकाले कटान गरेर मैदान बनाउन धेरै बजेट लाग्ने भयो ।”

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रदेशले कारागार बनाउका लागि डिपिआर बनाएको आफूले जानकारी पाएको बताए । “ठाउँ अभाव भएको विषयमा पनि छलफल भएको र कैदीलाई कतै सारेर भए पनि भवन बनाउने विषयमा छलफल भइरहेको छ,” उनले भने, “क्षमता कमको कैदीबन्दी बढी राख्नु पर्दा व्यवस्थापनमा समेत निकै समस्या हुने गरेको छ ।”रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख १ सोमवार १६:०३ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...