back

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

वि.सं.२०८२ वैशाख १ सोमवार

219 

shares
GLOBAL IME AD
NTC AD

मान्म (कालीकोट) । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । जिल्ला कारागारमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका हुन् । जिल्ला कारागारको क्षमता १५ जना पुरुष र सातजना महिला गरी २२ जनाको हो ।

कारागारमा क्षमताभन्दा कैदीबन्दी कारागारमा राखिएको जिल्ला कारगार कार्यालयका प्रमुख जेलर मानबहादुर विकले बताए । “भवन पनि पुरानो छ । भूकम्प आएको खण्डमा कैदीको जीवन निकै जोखिममा छ,” उनले भने,“पुरानो भवन त्यसैमा साँघुरो भएकाले बैदीबन्दीको जीवन थप कष्टकर भइरहेको छ ।”

जिल्ला कारागारको नयाँ भवन निमार्णका लागि एक पटक बजेटको व्यवस्थापन भएको र कैदीबन्दी राख्ने अर्को कुनै विकल्प नभएकाले पुरानो भवन भत्काउने अवस्था नभएको जेलर विकले बताए । “बजेट रु एक करोड फिर्ता गयो,” उनले भने, “कारागारभित्रको माथिल्लो क्षेत्र निकै भिरालो भएकाले कटान गरेर मैदान बनाउन धेरै बजेट लाग्ने भयो ।”

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रदेशले कारागार बनाउका लागि डिपिआर बनाएको आफूले जानकारी पाएको बताए । “ठाउँ अभाव भएको विषयमा पनि छलफल भएको र कैदीलाई कतै सारेर भए पनि भवन बनाउने विषयमा छलफल भइरहेको छ,” उनले भने, “क्षमता कमको कैदीबन्दी बढी राख्नु पर्दा व्यवस्थापनमा समेत निकै समस्या हुने गरेको छ ।”रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख १ सोमवार १६:०३ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र...

भूमिहीन भएको चवालीस वर्षपछि जग्गाधनी

भूमिहीन भएको चवालीस वर्षपछि जग्गाधनी

राँझा (बाँके) । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि...

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

नरेन्द्रसिंह कार्की, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

बैतडी । विद्युत् सर्ट भएर बैतडीमा आज बिहान एक घरमा...