back
CTIZAN AD

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

वि.सं.२०८२ वैशाख १ सोमवार

660 

shares

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी एसियाको भ्रमण सुरु गर्न लागेका बेला संरक्षणवादले ‘गन्तब्यमा नपुग्ने’ र व्यापार युद्धबाट ‘कोही विजेता’ नहुने चेतावनी दिएका छन् ।

बेइजिङले क्षेत्रीय व्यापार सम्बन्धलाई मजबुत बनाउन र आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको ठूलो करको प्रभावलाई कम गर्न चाहेको बेला सीले यस वर्षको पहिलो विदेश भ्रमण गरेका छन् ।

उनले आफ्नो भ्रमणका क्रममा तीन दक्षिणपूर्वी एसियाली समकक्षीसँग भेटवार्ता गर्नेछ र यसले एसियाली क्षेत्रका लागि ‘विशेष महत्व बोकेको’ बेइजिङले जनाएको छ ।

भियतनामको प्रमुख न्हान डान पत्रिकामा सोमबार प्रकाशित एक लेखमा सीले दुई देशलाई ‘बहुपक्षीय व्यापार प्रणाली, स्थिर वैश्विक औद्योगिक र आपूर्ति श्रृङ्खला र खुला र सहयोगात्मक अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्न’ आग्रह गरेका छन् ।

उनले ‘व्यापार युद्ध वा कर युद्धले कुनै पनि विजेता उत्पादन गर्दैन र संरक्षणवादले कसैलाई कहीँ पनि पु¥याउँदैन’ भन्ने बेइजिङको धारणालाई पनि दोहो¥याएका छन् ।

बेइजिङले आफूलाई यस महिना व्यापक करको घोषणा गरेका अस्थिर ट्रम्पको स्थिर विकल्पको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । यद्यपि, विश्व बजारलाई अस्तव्यस्त बनाएपछि चीनबाहेकका राष्ट्रहरूविरूद्ध घोषणा गरिएको आधारभूत करबाहेक प्रायः सबै निर्णयलाई उल्टाउँदै ९० दिनको लागि छूट दिन ट्रम्प बाध्य बनेको विश्लेषकहरूले बताएका छन् ।

लचिलो कूटनीति

भियतनाम १६१.९ अर्ब डलरको कारोबार गर्ने दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो चिनियाँ सामान खरिदकर्ता हो भने मलेसियाले २०२४ मा १०१.५ अर्ब डलरको सामान आयात गरेको थियो ।

दक्षिणपूर्वी एशियाली छिमेकीहरूसँगको सम्बन्धलाई मजबुत बनाउनाले पनि गत वर्ष चिनियाँ सामानको सबैभन्दा ठूलो एकल खरिदकर्ता हो र यसले अमेरिकाको करनीतिको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ ।

सी सोमबार र मङ्गलबार भियतनाममा रहनुहुने कार्यक्रम रहेको छ । यो उहाँका ेसन् २०२३ डिसेम्बर पछिको भियतनामको पहिलो भ्रमण हो ।

भियतनाम र चीन दुवै कम्युनिस्ट पार्टीद्वारा शासित पहिले देखि नै ‘व्यापक रणनीतिक साझेदारी’ गर्ने मुलुक हुन् । यो हनोईको सर्वोच्च कूटनीतिक स्थिति हो।

भियतनामले लामो समयदेखि ‘लचिलो कूटनीति’ को दृष्टिकोण अपनाउँदै आएको छ र चीन र अमेरिका दुवैसँग राम्रो सम्बन्ध कायम राख्न प्रयासरत छ ।

दुई देशबीच घनिष्ठ आर्थिक सम्बन्ध छ, तर हनोईले विवादित दक्षिण चीन सागरमा बेइजिङको बढ्दो आक्रामकताविरूद्ध अमेरिकाको साथ भियतनामलाई रहेको छ ।

चीनले दक्षिण चीन सागरको लगभग सबै भाग आफ्नो भएको दाबी गर्दै आएको छ तर फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया र ब्रुनाईले यसलाई विवादित बनाएका छन् ।

चिनियाँ नेताले आफ्नो सोमबारको लेखमा बेइजिङ र हनोईले वार्ताको माध्यमबाट ती विवादको समाधान गर्न सक्ने बताएका छन् ।

“हामीले मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ र हाम्रो क्षेत्रमा शान्ति र स्थिरताको रक्षा गर्नुपर्छ,” सीले लेखेका छन् ।

उनले भने, “दूर दृष्टिका आधारमा हामी परामर्श र वार्ताको माध्यमबाट सामुद्रिक मुद्दाहरूको उचित समाधान गर्न पूर्ण रूपमा सक्षम छौँ ।”

भियतनामपछि सीले मङ्गलबारदेखि बिहीबारसम्म मलेसियाको भ्रमण गर्नेछन् ।

मलेसियाका सञ्चारमन्त्री फहमी फजिलले सीको भ्रमण चीनसहित विभिन्न देशससँग बेहत्तर व्यापार सम्बन्ध बनाउनका लागि ‘सरकारको प्रयासको उपलब्धीको एक हिस्सा’ भएको बताएका छन् ।

भ्रमणको क्रममा मलेसियापछि राष्ट्रपति सी बिहीबार नै दक्षिणपूर्वी एसियामा चीनको सबैभन्दा कट्टर सहयोगी मध्येको एक कम्बोडियाको भ्रमण गर्नेछन् । कम्बोडियामा बेइजिङले हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गरेको छ । एएफपी

वि.सं.२०८२ वैशाख १ सोमवार १६:५१ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...