
वायु प्रदुषण जनस्वास्थ्यमा एउटा गम्भिर समस्याको रुपमा देखा परेको छ । यसले मानिसको आयु घटाउनेदेखि विभिन्न घातक समस्याहरु निम्त्याएको छ । वायु प्रदूषणले कण, भू–स्तर ओजोन, र विभिन्न ग्यासहरू सहित हावामा हानिकारक पदार्थहरूको उपस्थितिलाई बुझाउँछ । यी प्रदूषकहरू विभिन्न स्रोतहरू जस्तै वाहन उत्सर्जन, औद्योगिक गतिविधिहरू र प्राकृतिक घटनाहरू जस्तै जंगलको डढेलोबाट उत्पन्न हुन्छन् । जनस्वास्थ्यमा पर्ने प्रभावहरू महत्वपूर्ण छन्, दम र ब्रोन्काइटिस जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूदेखि हृदय रोगहरू र क्यान्सरहरू समेत । बालबालिका, वृद्धवृद्धा र पूर्व–अवस्थित अवस्था भएकाहरू सहित कमजोर जनसंख्याहरू असमान रूपमा प्रभावित छन् । वायु प्रदूषणको जोखिमले अकाल मृत्यु र जीवनको गुणस्तर घटाउन पनि सक्छ । वायु प्रदूषणलाई सम्बोधन गर्न कडा उत्सर्जन मापदण्डहरू, स्वच्छ ऊर्जा प्रवद्र्धन, र जनचेतना अभियानहरू सहित बहुआयामिक रणनीतिहरू अपनाउनु पर्ने आवश्यक पर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषित हावाका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । विगत ३० वर्षमा वायु प्रदूषणका कारण स्वास्थ्यमा धेरै घातक असर देखिएको छ । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन् । प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन् । जसले मानिस, जनावर र वनस्पतिमा हानिकारक प्रभाव पार्छ ।
वायु प्रदूषणले मानव शरीरको हरेक अंगमा असर गर्दछ । प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्ताउँछ । यसले सबैभन्दा पहिले त श्वासप्रश्वास प्रणालीका अंगहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्छ । जसले निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता समस्या खडा गर्न सक्छ । प्रदूषणको कारण तत्कालीन रूपमा नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, आँखामा संक्रमण हुने, छाला सुख्खा हुने र फोक्सोको संक्रमण जस्ता समस्या देखा पर्दछन् ।
वायुमण्डलमा भएको ग्यास र मसिनो धुलोका कण श्वासप्रश्वास नली फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्छ । रक्तसञ्चार प्रणाली हुँदै शरीरको हरेक अंगमा पुगेर दीर्घकालीन रूपमा मुटुमा पुगेर मुटुको चाल बढ्ने, हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ । गर्भवती महिला वायु प्रदूषणको सम्पर्कमा आएमा कम तौलको बाल बालिका जन्मिने तथा बाल बालिकामा दमरोग समेत देखिन सक्छ । धेरै वायु प्रदूषण हुने ठाउँमा बस्ने मानिसको झण्डै चार वर्ष आयु घट्ने विभिन्न अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर मापनका लागि निम्नलिखित मापदण्ड तोकेको छ –
स्रोतः विश्व स्वास्थ्य संगठन, सन् २०२५
माथि तालिका एकमा देखाए अनुसार विश्व स्वास्थ्य संगठनले ० देखि ५० सम्मको वायुको गुणस्तरलाई स्वस्थकर मानेको छ भने ५१ देखि १०० सम्मलाई मध्यम स्तरको वायु, १०१ देखि १५० सम्म संवेलनशील समूहका मानिसका लागि अस्वथकर, १५१ देखि २०० सम्मको वायु अस्वस्थकर, २०१ देखि ३०० सम्म धेरै अस्वथकर र ३०१ देखि ५०० सम्मको वायुको अवस्थालाई खतरनाक अवस्था मानेको छ । काठमाण्डौं उपत्यकाको भौगोलिक वनावट कचौराको आकारको जस्तो भएकोले यहाँ हिउँदको बेला वायु प्रदुषण अधिक रहन्छ । तर पानी परेको अवस्थामा भने वायुको गुणस्तरमा सुधार हुने गरेको छ । हिउँदको समयमा वन डढेलो र इट्टा भट्टाबाट निस्कने कार्वन मनोअक्साइडका कारण पनि नेपालमा वायु प्रदुषण बढ्ने गरेको पाइन्छ । निर्माण सामग्रीहरु अव्यवस्थित तरिकाले राख्नाले पनि काठमाण्डौं उपत्यकामा वायु प्रदुषण बढाउन योगदान पु¥याएको देखिन्छ । यसलाई व्यवस्थित गर्न सरकारले निश्चित मापदण्ड बनाएर जनस्तरमा परिपालन गराउनु पर्ने देखिन्छ ।
काठमाण्डौं लगायत नेपालमा वायु प्रदुषण
हिउँद सुरु भएसँगै काठमाडौंको हावा प्रदूषित हुन थाल्छ । नेपालमा वायू प्रदूषण मापन गर्ने आधिकारिक निकाय हो, वातावरण विभाग । विभागले देशभरमा ३० वटा स्थानबाट हावाको गुणस्तर मापन गर्छ । काठमाडौं उपत्यकामा मात्र वायू प्रदूषण मापन गर्ने ६ वटा स्टेसन छन् । शंङ्खपार्क, भैंसेपाटी, खुमलटार, भक्तपुर, कीर्तिपुर र रत्नपार्क । हावामा हुने हानिकारक तत्वहरूको मापनका विभिन्न विधि छन् । सबैभन्दा प्रचलित छ, एः २.५ । मानव स्वास्थ्यमा पार्ने असर देखाउन यो मानक प्रयोग हुन्छ । हावामा २.५ माइक्रोन र यसभन्दा साना कणको मात्रालाई यसले दर्साउँछ । पिएमः २.५ मा गणना हुने कण मान्छेको रौँभन्दा ३० गुणा साना हुन्छन् । वातावरण विभागले वायू गुणस्तर सूचकाङ्क (Air Quality Index – AQI) बनाएको छ । वायू गुणस्तर सूचकाङ्क अनुसार हावामा प्रदूषणको मात्रा १०० भन्दा माथि भएमा यसलाई मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
नेपालमा नियम कानुन निर्माण गरे पनि कडाइका साथ लागू नहुने भएकाले प्रदुषण नियन्त्रण गर्न कठिनाई भएको पाइन्छ । वायु प्रदुषण नियन्त्रण गर्न विद्यालय देखि विश्वविद्यालयका पाठ्यक्रममा वातावरण सम्बन्धी शिक्षा समावेश गर्नुका साथै व्यापक रुपमा जन चेतना जगाउनु पर्ने आवश्यकता छ ।
किन हुन्छ हावा प्रदूषित ?
वातावरण विभागका अनुसार मंसिरदेखि जेठसम्म काठमाडौंको हावा प्राय प्रदूषित हुन्छ । विभागका वातावरण निरीक्षक लामिछानेका अनुसार ‘मंसिरदेखि फागुनसम्मका हिउँदका महिनामा पानी परेन भने सुख्खा मौसमका कारण चैतदेखि डढेलो लाग्न थाल्छ र प्रदूषणको मात्रा बढ्छ ।’ यस बाहेक काठमाडौं उपत्यकामा प्रदूषणको नियमित कारक हुन् उद्योगबाट निस्कने धुवाँ र सवारी साधन । यसका साथै कृषिजन्य अवशेषमा आगो लगाउँदा पनि प्रदूषणको मात्रा बढ्छ । लामिछाने भन्छन्, ‘हिउँदे वर्षा कम भएको बेला सामान्यतया प्रदूषण बढ्छ । हिउँदे वर्षा कम भएकै कारण चैत–वैशाखमा डढेलो पनि बढी लाग्छ र प्रदूषण हुन्छ ।’
कुनै बेला भारतबाट आउने हावाले पनि काठमाडौं उपत्यकाको वायू प्रदूषण बढाउँछ । भारतको हरियाणा र पञ्जाबमा किसानहरूले कृषि अवशेषमा आगो लगाउँदा निस्केको धुवाँलाई हावाले उडाएर काठमाडौंसम्म ल्याइपु¥याउँछ । सन् २०२२ मा यही कारणले गर्दा काठमाडौंको प्रदूषण बढेको थियो । ‘उद्योग र सवारी साधन जस्ता नियमित प्रदूषणका स्रोतमाथि कृषिजन्य अवशेष र डढेलोको प्रदूषण थपिन्छ । विभागको अध्ययन अनुसार काठमाडौं उपत्यकामा बिहान ७ देखि ९ र साँझ ७ देखि ९ बजेको बिचमा प्रदूषणको मात्रा बढी हुन्छ ।
वायु प्रदूषणले प्रत्यक्ष असर गर्ने अंगहरु
मुटुमा पर्ने असर
स्वास्थ्य विज्ञका अनुसार हावामा भएको मसिना धुलोको कण ‘पीएम २.५’ र अन्य विभिन्न सूक्ष्म कण स्वास्थ्यका लागि हानिकारक छ । यस्तो प्रदूषणले रक्तनलीहरूलाई साँघुरो र कडा बनाएर क्षति पु¥याउछ । ‘जसले शरीरमा रगत स्वतन्त्र रूपमा प्रवाह हुन पाउँदैन । रगत जम्ने सम्भावना बढी हुन्छ । साथै मुटुले रगत पम्प गरेर शरीरका अन्य भागमा पर्याप्त मात्रामा रगत नपाएका कारण रक्तचाप बढ्छ, मुटुको मांसपेशीमा दबाब बढ्छ र मुटुको चाल गडबड हुन्छ । हृदयघात र मुटुरोगको जोखिम पनि बढ्छ ।’
मस्तिष्कमा पर्ने असर
वायु प्रदूषणले शरीरको हरेक अंगमा असर गरेजस्तै मस्तिष्कमा पनि प्रत्यक्ष रूपमा असर गर्छ । ‘प्रदूषणले धमनीहरूलाई कडा बनाउँछ, जसले रगत जम्ने हुन्छ । रगत राम्रोसँग मस्तिष्कमा सञ्चालन हुन नपाउँदा मस्तिष्कघात हुने सम्भावना हुन्छ ।’ प्रदूषणले तनाव पनि बढाउने र तनाव बढिरहेमा स्ट्रोक हुने सम्भावना हुन सक्छ ।
आँखामा पर्ने असर
प्रदूषित हावाले आँखामा एलर्जी गराउने, आँखा सुख्खा हुने, पोल्नेजस्ता समस्या देखिने गर्छ । आँखा विज्ञका अनुसार ‘प्रदूषणकै कारण अहिले सबै उमेर समूहमा आँखाको समस्या देखिन्छ । प्रदूषणले आँखाको एलर्जी समेत हुन्छ, जसलाई चिकित्सकीय भाषामा एलर्जीका कन्जक्टिभाइटिस भन्ने गरिन्छ ।’ यसका कारण आँखामा संक्रमण बढेर दैनिक काम गर्न समेत कठिनाई हुन सक्छ । उडिरहेको धुलो आँखाको परेलीमा जमेर बस्ने र त्यसबाट संक्रमण हुने खतरा हुन्छ ।
छालामा पर्ने असर
ओजन तह पृथ्वीको वायुमण्डलको पातलो भाग हो, जसले सूर्यको पराबैजनी किरणको अधिकांश मात्रा सोस्छ । तर वातावरण प्रदूषणको कारण त्यो तह पातलिंदै जाँदा त्यस्तो विकिरण पृथ्वीको सतहसम्म आइपुग्छ । यसले छालामा प्रत्यक्ष असर पर्छ । वातावरणमा भएको मसिनो धुलोको कण र रासायनिक प्रदूषणले पनि छालामा असर गर्दछ । प्रदूषणले छालाको सतह, रौं, छालाको ग्रन्थि र भित्री तहलाई पनि असर गर्छ । जसले छालामा डण्डीफोर, छालाको इन्फेक्सन, छाला जल्ने, दाग धब्बा, चाउरीपन, छाला झोल्लिने, समयभन्दा अगावै बुढो देखिने र छालाको क्यान्सरजस्ता समस्या निम्त्याउन सक्छ ।
वायु प्रदुषण कम गर्ने रणनीति
वायु प्रदूषण कम गर्न व्यक्तिगत, सामुदायिक र सरकारी स्तरहरूमा रणनीतिहरूको संयोजन चाहिन्छ । यहाँ केही प्रभावकारी दृष्टिकोणहरू प्रस्तुत गरिएको छ –
१. नियमन र नीति
– कडा उत्सर्जन मापदण्डहरूः औद्योगिक उत्सर्जन र सवारी साधनको निकासमा कडा नियमहरू लागू गर्नाले प्रदूषकहरूलाई उल्लेखनीय रूपमा कम गर्न सक्छ ।
– स्वच्छ ऊर्जा प्रवद्र्धनः जीवाश्म ईन्धनबाट नवीकरणीय ऊर्जा स्रोतहरू जस्तै वायु, सौर्य र जलविद्युतमा संक्रमणले वायु प्रदूषण कम गर्न मद्दत गर्दछ ।
२. सार्वजनिक यातायात र वातावरणमैत्री हरित यातायात
– सार्वजनिक ट्रान्जिट बृद्धि ः सार्वजनिक यातायात प्रणालीमा सुधारले सडकमा सवारी साधनको संख्या घटाउन सक्छ, जसले गर्दा उत्सर्जन कम हुन्छ ।
– विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नेः वातावरणमैत्री पूर्वाधारको विकाससँगै विद्युतीय सवारी साधन किन्न प्रोत्साहनले हावा स्वच्छराख्न मद्दत गर्न सक्छ ।
३. सामुदायिक संलग्नता र जन चेतना वृद्धि
– जनचेतना अभियानहरूः वायु प्रदूषणका स्रोतहरू र प्रभावहरूबारे जनतालाई शिक्षित गर्नाले व्यक्तिहरूलाई स्वस्थ अभ्यासहरू अपनाउन प्रोत्साहित गर्छ ।
– स्थानीय कार्यका लागि जनवकालतः समुदायहरूले स्वच्छ वायु पहलहरूलाई समर्थन गर्ने नीतिहरूको वकालत गर्न संगठित हुन सक्छन् ।
४. शहरी योजना
– हरियो ठाउँहरूः पार्कहरू र हरियो छानाहरू विकास गर्नाले प्रदूषकहरू अवशोषित गर्न र सामुदायिक लाभहरू प्रदान गर्दा हावाको गुणस्तर सुधार गर्न सक्छ ।
– दिगो विकासः सहरहरूलाई थप हिड्न मिल्ने र बाइक–मैत्री बनाउन डिजाइन गर्दा कारहरूमा निर्भरता कम गर्न सकिन्छ ।
५. प्रविधि र नवीनता
– वायु गुणस्तर अनुगमनः वायु गुणस्तर अनुगमन गर्न प्रविधिको प्रयोगले प्रदूषण स्रोतहरू पहिचान गर्न र सुधारहरू ट्र्याक गर्न मद्दत गर्न सक्छ।
– प्रदूषण नियन्त्रण प्रविधिहरूः उद्योगहरूलाई उन्नत फिल्टरेशन र स्क्रबिङ प्रणालीहरू अपनाउन प्रोत्साहित गर्दा प्रदूषकहरू वायुमण्डलमा पुग्नु अघि नै निष्तेज हुन सक्छन् ।
६. व्यक्तिगत कार्यहरू
– ऊर्जा प्रयोग घटाउनेः घरमा ऊर्जा–कुशल उपकरणहरू र अभ्यासहरू प्रयोग गर्दा ऊर्जा उत्पादनसँग जोडिएको उत्सर्जन कम गर्न सकिन्छ ।
– पर्यावरण–मैत्री उत्पादनहरू छनौट ःधुवारहित इन्डक्सन चुलो, धुवा सफा गर्ने चिम्नी, पेन्टहरू र सफाई उत्पादनहरू प्रयोग गर्नाले भित्री हावाको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्छ ।
निष्कर्ष
वायु प्रदूषण विरुद्ध लड्न प्रभावकारी रूपमा समाजका धेरै क्षेत्र र स्तरहरूमा प्रयासहरू गर्नु पर्ने देखिन्छ । प्रत्येक रणनीतिले हावाको गुणस्तर सुधार गर्न योगदान पुर्याउँछ । वायु प्रदुषणको जोखिमबाट बच्न बाहिर हिंडडुल गर्दा मास्कको प्रयोग गर्ने, मानवबस्तीको बीचमा उद्योग र कलकारखाना नखोल्ने, पुराना सवारीसाधन हटाउने र नयाँ सवारीसाधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने, ढल निकासको उचित व्यवस्था गर्ने, इन्धनको रूपमा प्रयोग हुने दाउरा, कोइलाको सट्टा, गोबर ग्यास, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने, पूरा शरीर ढाक्ने खालका कपडा लगाएर हिंड्ने र बाहिर हिंड्दा छाता, क्यापको प्रयोग गर्ने आदि उपायहरु अपनाउनु पर्दछ । पुराना सवारी साधनहरुको प्रयोगमा रोक लगाउनुका साथै वातावरणमैत्री सवारी साधनको प्रयोग बढाउनु पर्ने देखिन्छ ।
नेपालमा नियम कानुन निर्माण गरे पनि कडाइका साथ लागू नहुने भएकाले प्रदुषण नियन्त्रण गर्न कठिनाई भएको पाइन्छ । वायु प्रदुषण नियन्त्रण गर्न विद्यालय देखि विश्वविद्यालयका पाठ्यक्रममा वातावरण सम्बन्धी शिक्षा समावेश गर्नुका साथै व्यापक रुपमा जन चेतना जगाउनु पर्ने आवश्यकता छ । नेपालमा नविकरणीय उर्जाको प्रचुर संभावना भएकाले बिजुलीको प्रयोग घर भित्र र सवारी साधनमा व्यापक रुपमा गर्नु पर्ने देखिन्छ । यसले नेपालको व्यापार घाटा कम गर्न समेत योगदान पु¥याउँदछ । स्वच्छ वायुमा स्वास–प्रस्वास गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । त्यसैले नागरिकको स्वास्थ्यको अवस्था सुधार गर्न राज्यले अधिकतम पहल गर्नु पर्ने हुन्छ । हाम्रा छिमेकी मुलुकको औद्योगिकिकरणको कारणले पनि नेपालमा वायु प्रदुषणमा असर परि रहेको अवस्था छ । यसको लागि सरकारले अन्तर्राष्ट्रिय स्तरमा वातावरणीय न्यायका लागि नीतिगत तहमा क्षतिपूर्ति पाउन पैरवी गर्नु पर्ने देखिन्छ । अस्तु
वि.सं.२०८२ वैशाख ४ बिहीवार १३:२६ मा प्रकाशित