back
CTIZAN AD

पार्टीका कमीकमजोरी सच्याउन सभापति देउवासँग माग

वि.सं.२०७४ जेठ १९ शुक्रवार

978 

shares

१९ जेठ, काठमाडौँ । बिपी विचार राष्ट्रिय समाजले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले गरेका कमीकमजोरी अबका निर्वाचनमा सच्याउन माग गरेको छ ।

समाजका सभापति सांसद कुलबहादुर गुरुङको नेतृत्वमा आज बिहान गएको प्रतिनिधिमण्डलले सभापति शेरबहादुर देउवालाई भेटी पार्टी सङ्गठन र राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल गरी सुझाव दिने क्रममा यस्तो माग गरेको हो ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा काँग्रेस सहभागी भएको सरकारले गरेका कतिपय निर्णयले पार्टीको लोकप्रियतामा पारेको नकारात्मक प्रभाव र पहिलो चरणको निर्वाचनमा पार्टीले प्रतिबद्ध एवम् लोकप्रिय व्यक्तिलाई टिकट नदिँदा स्थानीय तहको निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न नसकेकोतर्फ सभापति देउवाको ध्यानाकर्षण गराइएको समाजका महासचिव विनयध्वज चन्दले बताउनुभयो ।

“दोस्रो चरणको स्थानीय तह, प्रदेश र संसद्को निर्वाचनमा उम्मेदवार तय गर्दा पहिलो चरणको निर्वाचनमा भएको कमजोरीलाई नदोहो¥याई निश्चित विधि र प्रक्रिया निर्धारण गरेर लोकप्रिय उम्मेदवार तय गर्न माग गरेका छौँ”–उहाँले भन्नुभयो ।

पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाका कारण जनतामा पर्न गएको निराशालाई चिर्र्दै सरकारको नेतृत्व गर्दा स्पष्ट र लोकप्रिय राजनीतिक अडानका साथ प्रस्तुत हुनुपर्ने समाजको माग छ । पार्टीलाई थप वैचारिक स्पष्टता र नवीन कार्यक्रमका साथ परिचालित गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिमण्डलले सुझाव प्रस्तुत गरेको महासचिव चन्दले बताउनुभयो ।

प्रतिनिधिमण्डलको सुझावको प्रत्युत्तरमा सभापति देउवाले पहिलो चरणको निर्वाचनमा देखिएका कमी कमजोरीलाई हटाई पार्टीलाई थप गतिशील बनाउने र काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने वचनबद्धता प्रकट गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा समाजका सहअध्यक्ष गोविन्दराज जोशी, महासचिव चन्द, सहसचिव रामबहादुर गुरुङ, संस्थापक सदस्यद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकाल सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७४ जेठ १९ शुक्रवार १०:०१ मा प्रकाशित

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...