back
CTIZAN AD

आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दा बिरामी मर्कामा

वि.सं.२०८२ वैशाख १२ शुक्रवार

558 

shares

काठमाडौँ । आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका छन् । सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका चिकित्सकका कारण बिरामी मारमा परेका हुन् । उनीहरुको आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाहरु प्रभावित बन्न पुगेका हुन् । काठमाडौँको वीर अस्पतालमा मात्रै दैनिक दुई हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन् । ओपिडी सेवा ठप्प हुँदा उपचारमा आंशिक प्रभाव परेको वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए ।
उनले भने, “आवासीय चिकित्सकहरु आन्दोलनमा गएका छन् । त्यसैले ओपिडी सेवामा आंशिक प्रभाव परेको छ । जति चिकित्सक हुनुहुन्छ उहाँहरुले हेरिराख्नुभएको छ । आकस्मिक तथा सघन उपचार कक्षमा भने सेवा निरन्तर छ त्यसमा प्रभाव परेको छैन ।”

आवासीय चिकित्सकहरुले सेवा बहिष्कार गर्दा राष्ट्रिय ट्रमा सेन्टरमा पनि ओपिडी सेवा पूर्ण रुपमा ठप्प छ । आकस्मिकबाहेक अरु सेवा दिन नसकिएको सेन्टरका निर्देशक डा बद्री रिजालले जानकारी दिए । उनले भने, “दैनिक ४०० देखि ५०० सम्म बिरामी आउँछन् । ओपिडी बन्द हुँदा समस्या परेको छ ।”

त्यसैगरी कान्ति बाल अस्पतालमा पनि चिकित्सकहरुले आन्दोलनमा साथ दिँदै ओपिडी सेवा बहिष्कार गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पतालमा पनि सेवा प्रभावित भएको छ ।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्न सबै निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरुका निर्देशक, चिकित्सकहरुलाई आह्वान गरेको थियो । जसका कारण सरकारी अस्पतालमा आज ओपिडी सेवा प्रभावित बन्न पुगेको हो ।

चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णयअनुसार आवासीय चिकित्सकहरुले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको भन्दै निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ । उपत्यकाभित्रका चिकित्सकहरु दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । चिकित्सक सङ्घको आह्वानले देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले आजदेखि आन्दोलनमा साथ दिएका छन् ।

उपचार सेवा नपाउँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति चिकित्सक सङ्घले क्षमा माग्दै सोको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’का संयोजक शेषराज घिमिरेले आज उपत्यकामा करिब हजारको सङ्ख्यामा चिकित्सहरु आन्दोनलमा सहभागी भएको बताए । उनले भने, “हाम्रो आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाउन आउनुभएको छ । ओपिडी बहिष्कार गरेर साथ दिन आउनुभएको छ । निर्णय कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच वार्ता गर्दै निर्णय कार्यान्वयन नभएसम्म निजी मेडिकल कलेजलाई मन्त्रालयले कुनै सहयोग नगर्ने घोषणा गरेका छन् ।

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:४४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...