back
CTIZAN AD

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक दैनिक ६ घण्टा बन्द हुने

वि.सं.२०८२ वैशाख १३ शनिवार

1.3K 

shares

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ ।

ठिङ्गन–बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भ¥याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए । सडक बन्द हुने भएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले आग्रह गरेका छन् ।

 

वि.सं.२०८२ वैशाख १३ शनिवार ०९:२५ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...