back

यस्तो छ ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

वि.सं.२०८२ वैशाख १३ शनिवार

294 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ ।

यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् ।

यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरु जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

वि.सं.२०८२ वैशाख १३ शनिवार १०:३७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनियम दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनियम दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर...

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

बिरुवाकाे किर्तिमान : जिल्लामा सबैभन्दा कम बेरुजु

बिरुवाकाे किर्तिमान : जिल्लामा सबैभन्दा कम बेरुजु

काठमाडौँ । स्याङजा भित्र बिरुवा गाउँपालिका सबैभन्दा बेरुजु भएको पालिका...

थपियो स्याङ्जामा गरिमाका नयाँ शाखा, आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास

थपियो स्याङ्जामा गरिमाका नयाँ शाखा, आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास

स्याङ्जा । गाउँदेखि सहरसम्म लोकप्रियताा कमाउँदै आएको विकास बैंक मध्येको...

मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नरमा नियुक्ति हुन्छ : प्रधानमन्त्री ओली

मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नरमा नियुक्ति हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...