back

घर खर्च चलाउने माध्यम बन्यो सागसब्जीखेती

वि.सं.२०८२ वैशाख १३ शनिवार

363 

shares
GLOBAL IME AD
NTC AD

अत्तरिया (कैलाली) । कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै आएका छन् । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जीखेती गर्दै आएको बताउँदै उनले यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिए ।

उनले भने, “छ कट्ठामा सागसब्जी लगाएको छु । वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ । आठ जनाको परिवार छ । बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु ।”उनले जैविक मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताए ।

सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उनले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिए । सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने उनले बताए ।

सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यावसायिक सागसब्जीखेती गर्दै आएको बताए । उनले भने “आम्दानी प्रशस्त हुन्छ । सागसब्जीखेतीबाट वार्षिक रु दुई लाख बढी आम्दानी हुन्छ । गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन ।”

 

वि.सं.२०८२ वैशाख १३ शनिवार १४:२६ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...