back
CTIZAN AD

फेदीखोलामा फोहोर मैला सङ्कलन, वर्गीकरण र व्यवस्थापन शुभारम्भ

वि.सं.२०८२ वैशाख १४ आइतवार

2.2K 

shares

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले फोहोर मैला सङ्कलन, वर्गीकरण तथा व्यवस्थापनको शुभारम्भ गरेको छ । आइतबार एक कार्यक्रमकाबिच बहुउद्देश्यीय सभा हलमा गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले फोहोर मैला सङ्कलन, वर्गीकरण तथा व्यवस्थापनको शुभारम्भ गरेका हुन् । उनले टोकरी (डस्विन)मा सङ्कलित फोहोरलाई गाडीमा राखेपछि फोहोर मैलाको सङ्कलन, वर्गीकरण तथा व्यवस्थापन कार्यक्रमको शुभारम्भ भएको हाे ।

दीर्घकालीन प्रभावकारिताका लागि लामो समयदेखि छलफल, परामर्श, अन्य ठाउँमा भएका असल अभ्यास, विज्ञसँग परामर्श तथा अध्ययन गरी फोहोर मैला व्यवस्थापन कार्यविधि सञ्चालनमा ल्याएर फेदीखोला गाउँपालिकामा यो योजना अगाडि बढाइएको हो ।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कार्यक्रमको शुभारम्भ गर्दै फोहोर व्यवस्थापनको वैज्ञानिक अवधारणा अनुसार पालिका अगाडि बढेको बताए । उनले तालिका बनाएरै टोल टोलमा पुगेर नकुहिने फोहोरको सङ्कलन पश्चात् वर्गीकरण गरिने बताए ।

‘फोहोर मैला नगरौँ खोलामा फोहोर नफालौँ, कुहुने कुराहरूको व्यवस्थापन घरमै गरौँ । नकुहिने चिजहरूको आम्दानी हुन्छ । सिसा, प्लास्टिक, कागज, फलमाबाट पैसा आउँछ’, अध्यक्ष सुवेदीले भने, ‘आफ्नो टोल सुन्दर बनाउन सुन्दर मन भएका तपाइ हामी मिलेर अगाडि बढौँ । जसरी आज आमा औँसीका दिन आमाको आशीर्वाद लिएका छौँ । त्यसरी सभ्यताको पनि आशीर्वाद लिएर सबैको साझा अभियान सफल बनाउन सक्रियता पूर्वक साप्ताहिक गतिविधिमा संलग्न बनौँ ।’

फेदीखोला गाउँपालिका भित्र फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित विषय विज्ञ कृष्ण भण्डारीले प्राविधिक सहयोग र सहजीकरण गर्ने भएका छन् ।  कार्यक्रम गाउँपालिकाका प्रवक्ता तथा वडा न २ का अध्यक्ष अविलाष गुरुङको अध्यक्षतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा गाउँपालिका वडा अध्यक्षहरू, जनप्रतिनिधि, टोल विकास संस्थाका संयोजक, राजनीतिक दलका नेता तथा प्रतिनिधि, समाजसेवी, स्वास्थ्य संस्थाका, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीयहरूको उपस्थिति थियो ।

 

वि.सं.२०८२ वैशाख १४ आइतवार १४:१३ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...