
काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् । गए राति १० बजेतिर काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित सुकुम्वासी जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएकी हुन् ।
श्रीमानसँग विवाद भएपछि उनले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
बिनाले शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजारस्थित पिपल्स अस्पताल लगेका थिए ।
प्रहरीका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८२ वैशाख १६ मंगलवार ११:२२ मा प्रकाशित