back
CTIZAN AD

सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

वि.सं.२०८२ वैशाख १६ मंगलवार

804 

shares

तानसेन (पाल्पा) । जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट रु १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख घिमिरेले भने, “चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाहमा छिटोछरितो भएकाले चालु आव राजस्व सङ्कलनमा वृद्धि भएको हो ।”

कार्यालयले गत आवको सोही अवधिमा रु १४ करोड ७४ लाख राजस्व सङ्कलन गरेको थियो । उसले गत आव २०८०/८१ को असार मसान्तसम्म रु १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व सङ्कलन गर्यो । जुन अहिले नौ महिनामै उक्त राजस्वको नजिक पुगेको छ । चालु आव सकिन अझ तीन महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ । जहाँ अघिल्लो पूरै आवमा चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड ४५ लाख २८ हजारमात्र सङ्कलन भएको थियो ।

त्यसैगरी, अघिल्लो पूरै आवमा सवारीसाधनबाट रु १५ करोड ४७ लाख ४३ हजार ७३५ राजस्व सङ्कलन भएको थियो । जुन चालु आवको चैत मसान्तसम्ममै उक्त सङ्कलनको नजिक पुगेको छ । यस्तै चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १८ लाख ४६ हजार ७०० र आयकरतर्फ ४५ लाख ६८ हजार ६२५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख घिमिरेले बताए । अघिल्लो आवको पूरै महिना कार्यालयले आयकरतर्फ रु ५६ लाख ५८ हजार ६६० सङ्कलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार चालु आवको नौ महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब रु चार करोडभन्दा कम राजस्व सङ्कलन भएको थियो ।

हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपरमिट, सवारी जाँचपास शीर्षकमा आयकर सङ्कलन गर्ने गरेको छ । कार्यालयले चालु आवको चैत समान्तसम्ममा चालक अनुमतिपत्रतर्फ दुई हजार ३२५ वटा नयाँ लाइसेन्स, पाँच सय ३१ वटा थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ वटा लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखितबाट राजस्व सङ्कलन गरेको छ । सवारीतर्फ २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० पटके, नौ सय चार जाँचपास र नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको पनि कार्यालयले जनाएको छ ।रासस/फाइल फोटो

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:५८ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...