back
CTIZAN AD

चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

वि.सं.२०८२ वैशाख १६ मंगलवार

816 

shares

चितवन । चितवन र मकवानपुरका ५० युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रममा सहभागी गराइएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवं अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला, दलित एवं पिछडिएका जातजाति, उक्त बाहुल्य सङ्ख्यकबाट गठित कृषि समूह, कृषि सहकारी तथा फार्ममा सहभागी युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो ।

कार्यालयका कृषिविज्ञ निर्मल पौडेलका अनुसार यस कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागिता गराइएको छ । गत आवमा ३० र चालु आवमा २० जना युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो । उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ केन्द्रित गराइएको उनले जानकारी दिए । उनले भने, “चितवनको राप्ती नगरपालिकाका र मकवानपुरको राकसिराङ गाउँपालिकाका युवालाई यस कार्यक्रममा समेटेका छौँ ।” राप्ती नगरपालिकाको कोर वाङ्गसेलिङ्ग र परेवाकोटका युवा समेटिएको उनले जानकारी दिए । चिउरीखेती हुने भएकाले त्यस क्षेत्रका युवालाई मह उत्पादनमा सहयोग गरिएको हो ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार प्रतिव्यक्ति रु एक लाख नबढाई ८५ प्रतिशत अनुदानमा युवालाई जीविकोपार्जनमा सहयोग गरिएको छ । चालु आवमा ४४ युवाको आवेदन परेकामा तीमध्ये छनोट गरेर कार्यविधिमा परेका युवालाई यस कार्यक्रममा जोडिएको छ । यस कार्यक्रमका लागि अन्य तह र कार्यक्रमबाट दोहोरो सुविधा नलिएका समूहलाई यस कार्यक्रममा सहभागी गराइएको कँडेलले बताए ।

कार्यक्रममा सहभागीले उन्नत कृषि प्रविधि अनुशरण गर्न अग्रसर गराउने, तीन वर्षसम्म व्यवसायलाई निरन्तरता दिनुपर्ने हुन्छ । यस कार्यक्रमले युवालाई व्यावसायिक कृषितर्फ आकर्षण गर्ने उनको भनाइ छ । रासस/फाइल फोटो

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:४२ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...