back

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

वि.सं.२०८२ वैशाख १६ मंगलवार

321 

shares
GLOBAL IME AD
NTC AD
काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताइन् । उनले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न आग्रह गरिन् ।
सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउँदै उनीहरुलाई चाँडो विद्यालय फर्काउन सरकारले पहल गर्नुपर्ने बताए ।
सांसद मनबहादुर गुरुङले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मनिष झाले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे ।
सांसद महेन्द्रबहादुर शाहीले आन्दोलनरत सबै पक्षका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेशकुमार बर्तौलाले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको निजगढ ‘फास्ट ट्र्याक’ समयमै निर्माण गर्नुपर्ने बताए । उक्त सडकखण्ड झण्डै ५३ किलोमिटर मकवानपुरमा पर्ने भएकाले सिस्नेरी दोभानबाट पहुँच विन्दु फास्ट ट्र्याकसँग जोड्न सके ललितपुर, मकवानपुर, धादिङ र चितवनलाई लाभ मिल्ने सुझाव दिए ।

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५५ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...