back
CTIZAN AD

आकर्षणको केन्द्र बन्दै छहरे झरना

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

756 

shares

ढोरपाटन (बागलुङ) । बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो ।

गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ । घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ । पर्यटकलाई आकर्षित गर्नका लागि झरना वरपर मन्दिर, भजनकीतनस्थल, रेलिङसहितको पदमार्ग, विश्रामस्थल निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेको हुँदा पछिल्लो समय टाढा–टाढाबाट वनभोज खानका लागि यहाँ आउने सङ्ख्या बढेको उनले बताए ।

गाउँपालिकाले हालसम्म पूर्वाधार निर्माणमा रु ६० लाखभन्दा बढी लगानी गरिसकेको बताउँदै अध्यक्ष शर्माले यस झरनाभन्दा केहीमाथि रहेको अर्को ठूलो भैँसे झरना प्रवद्र्धनका लागि पनि काम गर्न थालेको बताए । “यो बागलुङको दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो र आकर्षक झरना हो, यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । हामी निर्वाचित भएर आएदेखि नै पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सात वर्षदेखि यो झरनामा निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ”, उनले भने, “यस वर्ष झरनाबाट झरेको पानीलाई थुनेर ताल बनाउँदै छौँ, योभन्दा माथि रहेको भँैसे झरनालाई पनि व्यवस्थित बनाउँदै छौँ, पदमार्गले जोड्दै छौँ ।”

बरेङ गाउँपालिका–४ का यमबहादुर क्षेत्रीले पहिले ओझेलमा रहेको झरना हाल पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताए । झरनाको छेउमा मन्दिर निर्माण गरिदिएपछि पूजा गर्नका लागि आएका दर्शनार्थीहरू झरनामा पुगेर स्नान गर्ने गरेको उनको भनाइ छ । पहिले गुमनान रहेको झरना यसरी व्यवस्थित होला भनेर कल्पना पनि नगरेको क्षेत्री बताउँछन ।

उनले भने, “यो ठाउँमा यति राम्रो झरना छ भन्ने लागेको थिएन, पहिले झाडीले ढोकेकाले पनि धेरैले थाहा पाएका थिएनौँ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँमा ल्याएर देखाइयो, त्यसपछि पालिकाले लगानी ग¥यो र अहिले धेरैका लागि रोजाइको केन्द्र बनेको छ । यहाँ बिदाको दिन सयौँ पर्यटक आउँछन् । महिनामा पाँच हजारभन्दा बढीले झरना अवलोकन गर्छन् ।”रासस

 

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १४:४९ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...