back
CTIZAN AD

राजतन्त्र पुनःस्थापनाको अभियानमा भारतको समर्थन छैन् : चौथाइवाले

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

660 

shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेले नेपालमा राजतन्त्र पुनःस्थापनाको अभियानप्रति भारतको कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रवार भएको भेटका क्रममा उनले भारत नेपालको वर्तमान संविधान र राजनीतिक संरचनाको पक्षमा रहेको धारणा राखेका हुन् ।

पुनको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भेटवार्तामा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। चौथाइवालेले नेपालमा चलिरहेको राजावादी मुभमेन्टसँग भारतको कुनै प्रकारको समर्थन वा सम्बन्ध नरहेको प्रस्ट पार्नुभयो ।’

भेटमा पुन र चौथाइवालेबीच दुई पार्टीबीचको सम्बन्ध अझ सुदृढ बनाउनेबारे पनि छलफल भएको जनाइएको छ । सचिवालयका अनुसार, ‘भूतपूर्व अर्थमन्त्री पुनसँगको भेट सौहार्दपूर्ण रह्यो र दुई पार्टीबिच भविष्यमा अझ सहकार्य बढाउने कुरामा सहमति बन्यो।’

यसै अवसरमा चौथाइवालेले जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतंकी हमलाप्रति नेपालका केही दलहरूले व्यक्त गरेको ऐक्यबद्धता र समर्थनप्रति आभार व्यक्त गरेका थिए ।

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १५:२७ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...