back
CTIZAN AD

भेटिएको रकम इमान्दारिताका साथ सम्बन्धीत व्यक्तिलाई बुझाइयो

वि.सं.२०७४ जेठ २० शनिवार

864 

shares

money२० जेठ, पोखरा । यही जेठ १० गते पोखरा–लेखनाथ महानगरपालिका–४ पन्थी गल्लीमा भेट्टाइएको रु दुई लाख शुक्रबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

ठगी, चोरी, डकैती र लुटपाट गरी अर्काको पैसा लिने प्रवृत्ति दिनहुँजसो बढ्दै गएको यस जमानामा इमान जमान पनि कहीँकतै रहँदो रहेछ भन्ने उदाहरण तारा लुइँटेल र गीता अधिकारीले देखाउनुभयो ।

उहाँहरुले पैसा भेट्टाएपछि पोखराको एक विद्युतीय सञ्चारमाध्यमलाई खबर गर्नुभएको थियो । सञ्चारमाध्यमबाट पैसा भेट्टिएको खबर पाएपछि बैंकबाट पैसा झिकेर घरतर्पm जाँदा बाटामा खसाल्नुभएका कास्की, माछापुच्छ«े गाउँपालिका–४ का हरि रानाभाट जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो ।

रानाभाटले बैंकबाट झिकेको प्रमाण र उहाँकै पैसा भएको पुष्टिपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीको रोहबरमा लुइँटेल र अधिकारीले पैसाधनी रानाभाटलाई रु दुई लाख हस्तान्तरण गर्नुभएको थियो ।
आफ्नो गुमेको पैसा पाएपछि रानाभाट निकै हर्षित हुनुभयो र ती दुई इमान्दारलाई एक -एक थान नयाँ घडी उपहार दिनुभयो ।

 

वि.सं.२०७४ जेठ २० शनिवार ०३:४७ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...