back
CTIZAN AD

प्याड, पिरियड पेन्टी र महिनावारी कपः कुन ठिक?

वि.सं.२०८२ वैशाख २१ आइतवार

2.1K 

shares

एजेन्सी । अमेरिकामा वर्षेनी २० अर्ब डिस्पोजेबल मेन्स्ट्रुअल उत्पादन फ्याकिन्छन् । जबकी महिनावारीका समयमा पुनःप्रयोग गर्न सकिने विभिन्न सामग्रीहरु बजारमा उपलब्ध छन् । पुनःप्रयोग गर्न सकिने सामग्रीहरुमा प्याड, पिरियड पेन्टी र मेन्स्ट्रुअल कप पर्दछन् ।

यहाँ हामी महिनावारीका समयमा कुन सामग्री सबैभन्दा धेरै टिकाउ र सुरक्षित छन् भन्ने बारेमा चर्चा गरौँ । यी सामग्रीमध्ये पर्यावरणका लागि कुन ठिक भन्ने बारेमा समेत उल्लेख गछौँ । अहिले पनि युरोपमा वर्षेनी ४९ अर्बको सिंगल युज (एक पटक मात्र प्रयोग गर्न सकिने) खालको प्याड प्रयोग हुन्छ । अमेरिकामा वर्षेनी फ्याकिने २० अर्ब पिरियड उत्पादनबाट २ लाख ४० हजार टनको फोहोर उत्पन्न हुन्छ ।

डिस्पोजल स्यानिटरी प्याडको प्रयोग विश्वभरी सबैभन्दा धेरै हुन्छ । यो स्यानिटरी प्याड ९० प्रतिशत प्लाष्टिकले बनेका हुन्छन् । विश्वभर प्रत्येक महिना १ दशमलव ८ अर्ब महिला महिनावारी हुन्छन् । यसैलाई मध्यनजर गरी फ्रान्स र अमेरिकाका वैज्ञानिकले चार किसिमको मेन्स्ट्रुअल उत्पादनको अध्ययन गरे । ती हुन् ।

पहिलो : डिस्पोजेबल (पुनःप्रयोग गर्न नमिल्ने) प्याड र ट्याम्पोन, जसमा अर्गानिक र नन अर्गानिक दुवै पर्दछन् ।

दोस्रो : रियुजेबल (पुनः प्रयोग गर्न सकिने) प्याड

तेस्रो : पिरियड पेन्टी (रगत सोस्ने खालको विशेष अण्डरवियर)

चौथो : मेन्स्ट्रुअल कप, यो नरम सिलिकन या रबरबाट बनेको हुन्छ । यो कपले करिब २० देखि ३० एमएल रगतलाई रोक्न सक्छ ।

यस अध्ययनमा पर्यावरणमा पर्ने आठ किसिमको प्रभावको पनि तुलना गरिएको छ। जस्तै, ग्लोबल वार्मिंग, जमीन र पानीको खपत, क्यान्सर हुने खतरा, पर्यावरणमा पर्ने नोक्सान, एसिडिटी र जल प्रदूषण।

फ्रान्स, भारत र अमेरिकामा एक वर्षससम्म यो अध्ययन गरिएको अध्ययनबाट सबैभन्दा राम्रो विकल्प मेन्स्ट्रुअल कप भएको भेटिएको थियो । यसपछि पिरियड पेन्टी, पुनःप्रयोग गर्न सकिने प्याड पनि राम्रो भएको र पर्यावरणमा कम प्रभाव पार्ने भेटिएको थियो। अन्त्यमा एक पटक प्रयोग गर्न सकिने स्यानिटरी प्याड र ट्याम्पोन छन् ।

सानो र हलुका तौल भएका मेन्स्ट्रुअल कपलाई १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । अर्गानिक÷नन अर्गानिक डिस्पोजेलब प्याड दुवैले पर्यावरणमा निकै नोक्सान पु¥याउने गरेको अध्ययनमा पाइएको छ । ग्लोबल वार्मिंगको मुख्य कारण नै यसको उत्पादन प्रक्रिया हो । जसमा आधाभन्दा बढी उत्पादन पोलीएथिलीन (एक पेट्रोलियम बेस्ड प्लास्टिक) को कारणबाट हुने गर्दछ । अर्गानिक कटन (कपास) प्याडले पाँच कुरामा सबैभन्दा बढी पर्यावरणमा हानी गरेको छ ।

अध्ययनकी सह लेखिका एवं माइन्स पेरिस पीएसएल युनिभर्सिटीकी रिसर्चर मेलानी डूजिच भन्छिन्, ‘यसको असर धेरैजसो उत्पादन र अर्गानिक उत्पादनसँग जोडिएका छन् । जसको धेरै प्रभाव पर्यावरणमा पर्न सक्छ ।’

अर्गानिक खेतीको उत्पादन पारम्पकि खेतीको तुलनामा कम हुने गर्दछ । जसमा समान मात्रामा कपास उत्पादनका लागि धेरै पानी र जमिनको आवश्यक पर्दछ । सोही कुरा अर्गानिक र नन अर्गानिक ट्याम्पोनमा पनि लागू हुन्छ ।

मेलानी डूजिच बताउँछिन्, ‘डिस्पोजेबल प्रोडक्ट्समा कच्चा समानको उत्पादन र म्यानुफ्याक्चरिंगले सबैभन्दा धेरै असर पार्दछ। किनभने यसमा प्लास्टिक हुन्छ। जसले ग्लोबल वार्मिंग बढाउँछ ।’

रियुजेबल प्रोडक्ट्सलाई पुनः प्रयोग गर्नुअघि यसलाई सफा गर्न पानी र बिजुलीको आवश्यक पर्दछ। तर पीरियड पेन्टी, रियुजेबल प्याडको तुलनामा राम्रो भेटियो। किनभने यो प्याड नभए अरु कुनै अण्डरवियर लगाउन र धुन पर्छ नै ।

डूजिच थप्छिन्, ‘मेन्स्ट्रुअल कप राम्रो विकल्प भएपनि पीरियड पेन्टी पनि पर्यावरणको लागि एक राम्रो विकल्प हो। किनभने यसको नोक्सान कम छ ।’

यो अध्ययनमा प्लास्टिक प्रदूषणलाई पनि सहभागी गराइएको छैन । तर अध्ययन अनुसार हरेक प्याडमा एक ¥यापर, विंग्स र टाँसिन खालको हिस्सा हुन्छ । जो करिब दुई ग्राम नन बायोडिग्रेडेबल प्लास्टिक पर्यावरणमा जाने गर्दछ। यो प्लास्टिक चार पोलोथिन झोला बराबर हुन्छ । जसलाई विघटन हुन नै पाँच सयदेखि आठ सय वर्षसम्म लाग्छ ।

 

वि.सं.२०८२ वैशाख २१ आइतवार १७:३३ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...