back
CTIZAN AD

वर्षाले नारायणघाट-बुटवल सडक अवरुद्ध

वि.सं.२०८२ वैशाख २१ आइतवार

810 

shares

नवलपुर (नवलपरासी) । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ ।

सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेका छन् ।

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए । रासस/फाइल फोटो

वि.सं.२०८२ वैशाख २१ आइतवार ०७:४३ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...