back
CTIZAN AD

काठमाडौं उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने

वि.सं.२०८२ वैशाख २२ सोमवार

726 

shares

काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथबाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जालनिर्माण गर्ने भएको हछ ।

नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा शुरू गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूूर्यविनायक र मध्यपुर थिमी नगर पालिकाहरूका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।
आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्य विनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० कि.मि., कीर्तिपुर, काठमाडौं र चन्द्रागिरी नगर पालिकाका विभिन्न क्षेत्रमा गरी ७५.९८ कि.मि., मध्यपुर थिमी नगर पालिका क्षेत्रमा ३०८.१५ कि.मि., कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २००.२३ कि.मि. र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ कि.मि. गरी कूल ८७५.४ कि.मि. खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको छ । जस अन्तर्गत वितरण सञ्जालका ८२८.९२ कि.मिपिईपाइप र ४६.४८ कि.मि. डिआइपाइप बिच्छ्याइनेछ ।
यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटो छरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सी कोला क्षेत्र गरी विभिन्न पाँचप्याकेजमा बर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिनेछ ।
आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रकाकरिव ६३ हजार घरधुरी लाभान्वितहुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण शुरू भएको मितिले तीन वर्ष भित्रसम्पन्न गर्ने लक्ष्य रहेको छ ।
सोहीअनुसार काठमाडौं उपत्यकाखानेपानी सुधार आयोजन (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागिपिआइडिले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्रआह्वान गरेको छ ।
आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खाने पानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र संचालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।
यस अघि, काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौं उपत्यकामाकरिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालकाकरिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।
यसैगरी, आयोजनाको पहिलो चरणमैं काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरी जल स्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानी पोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ कि.मि. पाइपलाइन बिच्छाउने कार्य समेत सम्पन्नभएको छ ।

 

 

 

वि.सं.२०८२ वैशाख २२ सोमवार १३:४८ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...