कपिलवस्तु । यसोधरा गाउँपालिका–३ हर्देवा बस्ने ३२ वर्षीय बिनोद नाउको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा विजुलीको चुडिएको तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८२ वैशाख २३ मंगलवार १०:५८ मा प्रकाशित






























