back
CTIZAN AD

एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान

वि.सं.२०८२ वैशाख २३ मंगलवार

507 

shares

काठमाडौं । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई पक्षबीच कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो । विवादका कारण अहिले मतदान प्रक्रिया रोकिएको छ ।

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयनका लागि वैशाख २० देखि जनकपुरमा अधिवेशन जारी छ । अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान अनिश्चित भएको छ ।

भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष अधिवेशन स्थलमै धर्नामा बसेका छन् । धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन् । भोला यादव रघुवीरतर्फबाट उम्मेदवार बनेका हुन् ।

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:०२ मा प्रकाशित

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...