back
CTIZAN AD

आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ वैशाख २३ मंगलवार

579 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफतार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे ।

सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका–१४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए ।

यस्तै सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे ।

सांसद पूर्णबाहदुर घर्ती मगरले जिल्ला सदरमुकामका निम्ति विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद मनिष झाले मन्त्रिपरिषद्मा महिलाको सहभागिता बढाउन माग गरे ।

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:२७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...