back
CTIZAN AD

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

वि.सं.२०८२ वैशाख २९ सोमवार

576 

shares

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन अमेरिकी नेता र अधिकारीहरूलाई बेइजिङमा सोमबार स्वागत गरेको छ ।

अमेरिकासँगको व्यापार युद्धपछि बेइजिङले हालैका वर्षहरूमा ल्याटिन अमेरिकी राष्ट्रहरूसँग आर्थिक र राजनीतिक सहयोग बढाएको छ ।

उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको कर वृद्धिविरुद्ध संयुक्त मोर्चाबनाउन आग्रह गरेको छ ।

ल्याटिन अमेरिकी मुलुकमध्ये दुई तिहाइ बेइजिङको ट्रिलियन डलरको बेल्ट एन्ड रोड (बीआरआई) पूर्वाधार कार्यक्रममा सामेल भएका छन् र चीनले ब्राजिल, पेरु र चिलीलगायतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा अमेरिकालाई उछिनेको छ ।

चीन र ३३ सदस्यीय ल्याटिन अमेरिकी तथा क्यारेबियन स्टेट्स समुदाय (सीईएलएसी) बीच मङ्गलबारदेखि औपचारिक रुपमा फोरम सुरु हुँदैछ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पाँचदिने राजकीय भ्रमणका लागि शनिबार बेइजिङ आइपुगेका छन् ।

लुलाले सन् २०२३ को सुरुमा सत्तामा आएदेखि नै चीन र अमेरिकासँग सम्बन्ध सुधारगर्ने प्रयास गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घको कम्ट्रेड डाटाबेसका अनुसार गत वर्ष ब्राजिलले चीनमा ९४ अर्ब डलरभन्दा बढीको निर्यात गरेको थियो ।

दक्षिण अमेरिकी कृषि शक्ति राष्ट्र ब्राजिलले मुख्यतया सोयबिन र अन्य प्राथमिक वस्तुहरू चीनमा पठाउँछ भने चीनले ब्राजिललाई सेमीकन्डक्टर, टेलिफोन, सवारी साधन र औषधिहरू बेच्दछ ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले क्युबाका ब्रुनो रोड्रिग्वेज पेरिला, भेनेजुएलाका यभान गिल, पेरुका एल्मर सियालर र उरुग्वेका मारियो लुबेट्किनलाई बेइजिङको अलङ्कृत दियाओयुताई स्टेट गेस्टहाउसमा बोलाएका थिए ।

सम्मेलनमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र चिलीका राष्ट्रपति गेब्रियल बोरिकको पनि सहभागिता रहने बताइएको छ ।

पेट्रोले गत साता आगामी दिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुँदा बीआरआईमा सामेल हुन ‘आशय पत्र’मा हस्ताक्षर गर्ने बताएका थिए ।

बेइजिङको विदेश मन्त्रालयका अनुसार सीले शिखर सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् ।

चिनियाँ विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट विकास गर्न बेइजिङले सधैँ चासो राखेको बताए ।

“ल्याटिन अमेरिका र क्यारेबियनका जनता आफ्नो मातृभूमि बनाउन चाहन्छन्, अरू कुनै देशको आँगनको रूपमा सेवा गर्न होइन,” मियाओ डेयुले एक पत्रकार सम्मेलनमा भने ।

चीनले अमेरिकी करको सामना गर्दै ल्याटिन अमेरिकी देशहरूसँग सञ्चार र समन्वयलाई बलियो बनाउन र एकपक्षीयता र आर्थिक दादागिरीको विरोध गर्दै संयुक्त रूपमा काम गर्न इच्छुक छ,” मियाओले भने । एएफपी

वि.सं.२०८२ वैशाख २९ सोमवार १४:२९ मा प्रकाशित

तीनथानमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

काठमाडौं। सानीमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उत्साहजनक...

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...