back

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

वि.सं.२०८२ वैशाख ३१ बुधवार

366 

shares
IME Limited
NTC AD

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा आगलागी हुँदा मृत्यु भएकी वृद्धाको सनाखत भएको छ ।

उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिक रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो । आगलागी बिहान १० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।

करिब तीन घण्टासम्म लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक बोहराले बताए । जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औधोगिक क्षेत्रको एक गरी छ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:३५ मा प्रकाशित

नयाँ बजेटमा युवा नजर

नयाँ बजेटमा युवा नजर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक...

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल...

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

अहमदाबाद (भारत) । दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय...

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको...

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलस (अमेरिका) । लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही...

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...