काठमाडौँ । फेदीखोलामा युवामा दुव्र्यसन र विकृतिलाई निरुत्साहित गर्न लागुऔषध दुव्र्यसन बिरुद्धको सचेतना परामर्श कार्यक्रम भएको छ ।
जीवनबाटिका नेपाल पुतलीबजार १ स्याङ्जाको आयोजना, सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश पोखराको सहयोग र फेदीखोला गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका स्वकीय सचिव वुद्धिसागर पोखरेलले जानकारी दिएका छन् ।
मंगलबार गाउँपालिका सानाकिसान सभाहलमा भएको कार्यक्रममा अध्यक्ष घनश्याम सुवेदीले दुव्र्यसन र विकृतिबाट समाजलाई बचाउनुपर्ने बताए । उनले लागुऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजलाई सक्काउने भन्दै यसको रोकथाम र न्युनिकरणका लागि एकजुट हुन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङ, वडा अध्यक्षहरु, सामाजिक विकास मन्त्रालयका अधिकृत रिता लम्साल, पुष्पा रायमाझी, पत्रकार भवानी अधिकारी लगायतकाो सहभागिता थियो ।
जीवनबाटिका स्याङ्जाका अध्यक्ष समीर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा शाखा, सामाजिक विकास शाखा, सामाजिक मनोपरामर्श, नेपाल रेडक्रस, पालिका भित्रका माध्यमिक विद्यालयबाट कक्षा ९, १०, ११ का विद्यार्थी, स्काउट, सुरक्षाकर्मी तथा सर्बसाधारण युवाहरुको समेत उपस्थिति थियो । कार्यक्रमको सहजीकरण रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदारले गरेका थिए ।
वि.सं.२०८२ वैशाख ३१ बुधवार १७:२५ मा प्रकाशित































