back
CTIZAN AD

खरेलको ‘देश विदेश’ नियात्रा सङ्ग्रह लोकार्पण

वि.सं.२०८२ वैशाख ३१ बुधवार

1.4K 

shares

काठमााडौं । सााहित्यकार महेशराज खरेलद्वारा लिखित ‘देश विदेश’ नियात्रा संग्रहहकोे पनि लोकार्पण गरिएको छ ।

काभ्रेको खरेलथोक स्थित पलाञ्चोक भगवतीको दर्शन तथा खरेलको कुल मन्दिर परिभ्रमण गर्ने कार्यक्रमसँगै खरेलको उक्त नियात्रा संग्रहको शनिबार विमोचन गरिएको हो ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको सभापतित्व र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेलले संचालन गरेका थिए ।

कार्यक्रममा पुस्तक विमोचन गर्दै प्रमुख अतिथि खरेलले, ’सिर्जना मानिसको मनबाट निसृत हुने एउटा अभुुुतपूर्ण कला रहेको बताए । ‘तथापि यो सबैमा हुँदैेन । जोसित हुन्छ उसले समाज र देशलाई दिन्छ,’ उनले भने, ‘यस कार्यले मानिसकोे पहिचान गराउने लगायत निजको अनुभूति अरू समक्ष साझा गराउन मद्दत पुर्याउँदछ साथै व्यक्तिलाई समाज र देशमा स्थापित गराउँदछ ।’ खरेलको यस नियात्रा संग्रहले पनि उनका देश विदेशका अनुभूतिहरुलाई साझा गराउन सफल हुने समेत खरेलले बताए ।

देश विदेश नियात्राको विषयमा लेखक महेशराज खरेलले आफुले देश तथा विदेशमा यात्रागर्दाका अनुभूतिको संगालो नै देश–विदेश नियात्रा संग्रह रहेको कुरा बताए । उनले भने “यस पुस्तकमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली छोएको छ ।’

कार्यक्रमका सभापति पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले, नियात्राले भौगोलिक, साँस्कृतिक परिवेशको परिचय गराउनुको साथै व्यक्तिको वैक्तिक अनुभूतिलाई पनि अभिव्यक्त गरेको बताए ।

भेलामा श्री वशिष्ठ आश्राम खरेल प्रवर्धन समितिका महासचिव विष्णुु खरेल र वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली खरेलले आ–आफ्नो मन्तब्य राखेका थिए ।

वि.सं.२०८२ वैशाख ३१ बुधवार १८:३९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...