
कृषिप्रधान पेशामा पशुपालन अभिन्न अङ्ग मानिन्छ । नेपालमा आजभन्दा २०–२५ वर्ष अघिसम्म दूध, दही र मोहीप्रायः हरेकको भान्सामा हुने गथ्र्यो । तर अहिले समयले कोल्टो फेरेको छ । कृषिमा यान्त्रिकीकरण, व्यवसायिकीकरण र आधुनिकीकरणको प्रभावले कृषि र पशुपालनमा रहेको सम्बन्ध टुट्न थालेको केहीवर्ष बितिसकेको देखिन्छ । गाउँबाट शहरी क्षेत्रमाभइरहेको बसाई सराईले गाउँको एकीकृत कृषिप्रणालीमा परिवर्तन भएको छ । तर यस आलेखमा मोहीको महिमाको बारेमा चर्चा गर्ने उद्देश्य जमर्को गरिएको छ ।
मोही एउटा ताजा पेय मात्र होइन, यो नेपाली संस्कृति र खानाको अभिन्न अङ्ग हो । परम्परागत रूपमा ठेकामा दुध जमाउने प्राचीन विधिबाट उत्पादन गरिएको, मोहीलाई यसको समृद्ध स्वाद र स्वास्थ्यका लागि उत्तम आहारको रुपमा लिइन्छ । मोहीको परम्परागत तयारी ताजा दुधबाट सुरु हुन्छ, जुन सामान्यतया गाई र स्थानीय जातका भैंसीेहरूबाट प्राप्त गरिन्छ । नेपालका गाउँ घरमा अझै पनि महिको सेवन गर्ने परम्परा कायमै छ । गाउँमा छिमेकीको घरमा भैसी दुहुनो छ भने मागेर पनि मही खाने प्रचलन देखिन्छ । यस परम्पराले नजानिदो रुपमा जनताको स्वास्थ्यमा सकारात्मक फाइदा पु¥याए कै छ भने सामुदायिक सद्भाव कायम राख्न पनि सहयोग पु¥याएकै छ ।
मोहीमा प्राप्त हुने पोषक तत्वको प्रतिशत तलको तालिकामा प्रस्तुत गरिएको छ ।
तालिका १ः महिमा पाउने पोषक तत्व
दहीको तयारी
ताजा दुधलाई पहिले दहीमा परिणत गरिन्छ, यस्तो प्रक्रिया जसमा दुध गाढा नभएसम्म र अम्लीय स्वाद विकसित नभएसम्म यसलाई भाडोमै राखिन्छ । दही राम्रोसंग जमेपछि मदानीको सहायताले केही बेर बस्सरी चलाएपछि दहीबाट घिउ छुट्टिन्छ र घिउलाई बेग्लै भाडोमा राखिन्छ । मोहीमात्र बाँकी भएपछि पिउन योग्य ठहरिन्छ । यसलाई एक दुई दिनसम्म भण्डारण गरी उपभोग गर्न सकिन्छ । तर अहिले शहर बजारमा आधुनिक दुग्ध प्रशोधन यन्त्रबाट मोही तयार गर्न थालिएको छ ।
मोहीको सांस्कृतिक महत्व
कृषि क्षेत्रहरूमा, मोहीले विशेष स्थान ओगटेको छ किनकि यो प्रायः गर्मी समयमा ताजा पेयको रूपमा सेवन गरिन्छ । किसानहरूले भुटेको मकैको साथ यसको आनन्द लिन्छन्, जुन खेत बारीमा कामगर्दा उत्तम खाजा हो । यो संयोजनले ऊर्जा मात्र प्रदान गर्दैन, यसले पाचन प्रक्रियामा पनि मद्दत गर्दछ ।
मोही यसको पाचन गुणहरूका लागि पनि चिनिन्छ, र धेरै मानिसहरूले यसलाई खाना खानु अघि पाचनमा मद्दत गर्न खान्छन् । यसको प्रोबायोटिक गुणहरूले आन्द्राको स्वास्थ्यलाई राम्रो गर्दछ ।
स्वास्थ्यका लागि लाभ
मोही एक स्वादिष्ट पेयमात्र होइन; यो पौष्टिकताले पनि भरिपूर्ण छ । मोहीमा चिल्लो कम र प्रोबायोटिक्समा धनी हुँदा, यसले पाचनमा मद्दत गर्दछ । साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र शितलता प्रदान गर्दछ । यो पेय पदार्थले नियमित शरीरको तापक्रम कायम राख्न मद्दत गर्दछ, जसले विशेष गरी गर्मीको समयमा शरीरलाई ठण्डा तथा स्फूर्ति प्रदान गर्दछ ।
स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ । विशेष गरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ । भोजमा चिसो पेय पदार्थको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभ हुनुको साथै परम्परागत प्रविधि र रैथाने अर्थतन्त्रको प्रवद्र्धन गर्न सहयोग पुग्छ । आजकाल महीको माग बढ्न थालेपछि स्थानीय दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन् । भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको देखिन्छ । हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँन थालेको कुरा स्थानीय व्यापारीहरु बताउँछन् । आय वृद्धि गर्न यसले किसानलाई फाइदा पुगेको छ ।
निष्कर्ष
नेपालमा मोहीको उत्पादन र उपभोगले परम्परा, स्वास्थ्य र समुदायको सुन्दर मिश्रणको प्रतिनिधित्व गर्दछ । खेतमा काम गर्ने किसानदेखि लिएर मकैको ढिडोसँग मोहीको आनन्द लिने परिवारहरूसम्म, यो सरल तर स्वादिष्ट पेय पदार्थ नेपाली संस्कृतिमा जोडिएको छ । जब हामी एक गिलास मोहीको स्वाद लिन्छौं, तबं पेयको आनन्द मात्र लिइदैन की हामी ंनेपालीहरु समृद्ध कृषिको साथै विभिन्न चाड पर्वहरुमा उत्सव मनाउने पनि गर्दछौं । मही धेरै लामो समयदेखि एक पौष्टिक पेय मानिन्छ जसले शरीरलाई चिसो मात्र होइन, पाचनमा पनि मद्दत गर्दछ । यो क्याल्सियम, प्रोटिन र रिबोफ्लाभिन जस्ता भिटामीन र खनिजतत्वले भरिपूर्ण छ । मही दुधमा केसिन, प्रोटिन, ल्याक्टोज र दुधको बोसोको झिल्ली जस्ता दुधको पानीमा घुलनशील घटकहरू हुन्छन्, जसले बोसो कायम राख्छ । झिल्ली प्रोटिन र फस्फोलिपिडमा धनी छ र सम्भावित रूपमा क्यान्सर, मोटोपना, मधुमेह र हृदय रोगहरू जस्ता पुरानो रोगहरूलाई रोक्न वा सुधार गर्न सक्छ ।
बजारमा उपलब्ध चिसो पेय पदार्थको व्यापक पिउने चलन भए पनि आजकाल विबाह, भोज भतेर र पूजा पाठका पर्वहरुमा महि पिउने प्रचलन बढ्दै जानु स्वास्थ्यको दृष्टिले पनि उत्तम मानिन्छ भने स्थानीय अर्थतन्त्र सबल बनाउन टेवा पुग्ने देखिन्छ । मोही प्रवद्र्धन अझ बढी गर्न शहरी क्षेत्रका विद्मालय, विश्वविद्मालय, सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरा, पार्टी प्यालेस आदि ठाउँहरुमा व्यापक रुपमा जनचेतना जगाउनु पर्ने देखिन्छ । विश्वव्यापीकरणले बहुराष्ट्रिय कम्पनीहरुद्वारा उत्पादीत पेय पदार्थले प्रभाव जमाइरहेको अवस्थामा स्थानीइ पेय पदार्थको प्रबद्र्धन गर्नु तीनै तहका सरकारको पनि उत्तिकै जिम्मेवारी बोध हुनु जरुरी छ ।
वि.सं.२०८२ वैशाख ३१ बुधवार २०:५२ मा प्रकाशित